सदर चिडियाखानाको आम्दानी बढ्यो
आइतबार, १७ वैशाख २०८०, १५ : १३

ललितपुर । जावलाखेलस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलको आम्दानी बढेको छ । कोरोना महामारीका कारण लगातार घटेको आम्दानी चालु आर्थिक वर्षमा भने बढेको हो ।
चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार चालु आर्थिक वर्षको चैतसम्म यहाँ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकसँगै आम्दानी पनि बढेको जानकारी दिए ।
उनका अनुसार सो अवधिमा सात लाख ६६ हजार ८५ जनाले अवलोकन गरेको र रु १२ करोड ८५ लाख ६५ हजार पाँच सय १० आम्दानी भएको छ । गत आवको सोही अवधिमा पाँच लाख २१ हजार आठ सय ४३ जना पर्यटकमार्फत रु आठ करोड ६३ लाख नौ हजार सात सय ७० आम्दानी भएको थियो ।
चिडियाखानामा प्रत्येक दिन औसतमा पाँच हजारदेखि छ हजार आन्तरिक तथा विदेशी पर्यटक आउने गरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग बजेट कस्तो हुनुपर्छ ?
-
एम्स बैठक र अन्तर्राष्ट्रिय सम्मेलनसँगै जेठमा नेपाल हेरिटेज रन आयोजना गरिने
-
गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेकाे छ : प्रचण्ड
-
उत्पादनबिनाको वितरणले समस्या निम्तायो : कांग्रेस उपसभापति गुरुङ
-
जलवायु नेतृत्वमा नेपाल दृढ छ : वनमन्त्री ठकुरी
-
डडेल्धुराबाट देउवासँग फोन कूटनीति : ओली र प्रचण्डका तीन समानता