हालान्डको ५० औँ गोल, सिटी शीर्ष स्थानमा
लण्डन । अर्लिङ हालान्डको सिजनको ५० औँ गोलको मद्दतले म्यानचेस्टर सिटीले फुलहमलाई हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सिटी २–१ गोलले विजयी भएको हो ।
खेलको तेस्रो मिनेटमा पेनाल्टीबाट गोल गर्दै हालान्डले टोलीलाई अग्रता दिलाएका थिए । योसँगै उनी सन् १९३१ मा एस्टन भिल्लाका टोम ‘पोंगो’ वारिङ पछि बेलायतको शीर्ष लिगमा एकै सिजनमा ५० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै, नर्वेजिन स्ट्राइकरले प्रिमियर लिगको एकै सिजनमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड पनि बराबरी गरेका छन् । एन्डी कोल र एलन सिएररले एकै सिजन ३४ गोल गरेका थिए ।
१५ औँ मिनेटमा कार्लोस भिनिसियसले खेल बराबरी गरे पनि ३६ औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । जीतसँगै ३२ खेलबाट ७६ अङ्क बटुल्दै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ । फुलहम ४५ अङ्कसहित लिगको १० औँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण