१० खेलाडीमा सीमित पीएसजी स्तब्ध
सोमबार, १८ वैशाख २०८०, ०७ : २८
पेरिस । १० खेलाडीमा सीमित पेरिस सेन्ट जर्मेन लोरिएन्टसँग आफ्नै घरेलु मैदानमा ३–१ गोलले पराजित भएको छ । सन् २०२३ का सबै प्रतियोगितामा टोलीको यो नवौँ हार हो ।
खेलको १५ औँ मिनेटमा एन्जो ले फिले गोल गर्दै लोरिएन्टलाई अग्रता दिलाएका थिए । खेलको २० औँ मिनेटमा अचरफ हाकिमीले दोस्रो पहेँलो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा सीमित बनेको थियो । यसका बाबजुद २९ औँ मिनेटमा किलियान एम्बाप्पेले बराबरी गोल फर्काए ।
तर, ३९ औँ मिनेटमा योङ्वाले गोल गर्दै लोरिएन्टलाई पुनः अग्रता दिलाए । ८७ औँ मिनेटमा डेइङले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । पाँच खेल बाँकी छँदा पीएसजी लिग वानको शीर्ष स्थानमा दोस्रो स्थानमा रहेको मार्सेभन्दा ५ अङ्कले अघि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण