कमर्सियल गाडीको लागि एक्साइड एक्सप्रेस ब्याट्रीको साथ
काठमाडौँ । पिकअप, ट्रक, टिप्पर, बस जस्ता कमर्सियल गाडीहरुको लागि उच्च प्रविधिबाट निर्मित एक्साइडको एक्सप्रेस ब्याट्री नेपालमा किफायती साबित भइरहेको छ । सिप्रदी ट्रेडिङ्गले नेपाली बजारमा सबै प्रकारका ठूला गाडीहरुमा प्रयोग गर्न सकिने एक्साइड एक्सप्रेस ब्याट्री विक्री वितरण गरिरहेको छ ।
बिक्रि सुरुभएको छोटो समयमा नै गाडी व्यवसायीहरुबाट एक्साइड एक्सप्रेस ब्याट्रीप्रति सकारात्मक प्रतिक्रिया आइरहेको कम्पनीले जनाएको छ ।
उच्च प्रविधिबाट निर्मित एक्साइड एक्सप्रेस ब्याट्रीको उत्पादनमा उच्च तापक्रम, कम्पन तथा जोल्टिङ्ग सहन सक्ने भरपुर क्षमता रहेको बताइएको छ । कम्पनीको अनुसार “विशिष्ट ट्री रिडायल ग्रिडमा डिजाइन भएको एक्सप्रेस ब्याट्री छिटो चार्ज हुन्छ । म्याजिक आईको विशेषताले गर्दा ब्याट्रीको चार्ज अवस्था बाहिरैबाट हेर्न पनि मिल्छ । त्यसैले अत्याधुनिक डिजाइनमा बनेको एक्साइड एक्सप्रेस ठूला गाडीको लागि चर्चित ब्याट्री हुदैछ ।”
विशेष खालको पॉलीप्रोपाइलीन र रिब्स प्रयोग गरी बनाइएको एक्सप्रेस कन्टेनरमा चुहावट र फुट्ने–चर्कने जस्ता समस्याहरू आउँदैन । फ्याक्ट्रीबाट चार्ज भएर आउने यस ब्याट्रीलाई सिधै गाडीमा प्रयोग गर्न मिल्ने बताइन्छ । एक्सप्रेस ब्याट्री एक्साइडको नेपालभरि रहेका डिलरहरु मार्फत खरिद गर्न सकिन्छ । साथै, ग्राहकहरुले पुरानो ब्याट्री साटेर नयाँ एक्सप्रेस ब्याट्री आकर्षक छुटमा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी अस्पताल घटनामा संलग्न एक जना नियन्त्रणमा
-
२४ घण्टामा देशभर विपद्का ४१ घटना, २३ लाख बराबरको क्षति
-
बर्लिन आक्रमणका सन्दिग्ध प्रहरी कारबाहीमा मारिएको जर्मन सञ्चारमाध्यमको दाबी
-
जिम्बावेलाई हराउँदै भारतद्वारा टी–ट्वान्टी शृङ्खला ‘क्लिन स्वीप’
-
बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि
-
सरकारमा हुँदा गोर्खा र नागरिकताको मुद्दा सम्बोधन गर्न नसक्नु गल्ती : शेरधन राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण