सिम्रिक एयर दुर्घटना : क्याप्टेनसहित दुई घाइतेलाई काठमाडौँ ल्याइँदै
शुक्रबार, २२ वैशाख २०८०, १४ : ५५
काठमाडौँ । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । क्याप्टेन सुरेन्द्र पौडेल र भविन गुरुङ घाइते भएका हुन् ।
उनीहरुलाई सोलुखुम्बुबाट आएको सिम्रिक एयर र नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।
माथिल्लो अरुण हाइड्रो पावरको सामान गोला भन्ने स्थानबाट सिप्रुङमा लैजाँदै गर्दा हेलिकप्टर भोटखोला गाउँपालिका–४ स्थित सिप्रुङमा दुर्घटना भएको छ ।
स्थानीयहरुका अनुसार हेलिकप्टरमा सवार छिरिङ भोटे सकुसल छन् । पंखा पहाडमा टोक्किएर हेलिकप्टर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण