रियलले चुम्यो कोपा डेल रेको उपाधि
काठमाडौं । कोपा डेल रे फुटबल प्रतियोगिताको उपाधि रियल म्याड्रिडले जितेको छ । रियलले सन् २०१४ पछि पहिलो पटक कोपा डेल रेको उपाधि उचालेको हो । शनिबार राति खेलिएको फाइनलमा रियलले ओसासुनालाई २—१ गोलले हराउँदै उपाधि चुमेको हो ।
रियलको जितमा रोड्रिगो नायक बने । टोलीलाई उपाधि दिलाउन दुबै गोल उनले नै गरेका थिए । फाइनल खेल सेभिलमा खेलाइएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमै रोड्रिगोले टोलीका लागि पहिलो गोल गरेका थिए ।
रोड्रिगोले कोपा डेल रेको फाइनलमा गरेको गोल १७ वर्षयता कुनै पनि खेलाडीले सबैभन्दा छिटो गरेको गोल पनि हो । सोही गोलका कारण पहिलो हाफमा रियल १—० ले अगाडि रह्यो । निर्धारित समयको ५८औं मिनेटमा ओसासुनाका लुकास टोरोले जवाफी गो फर्काएका थिए ।
टोरोको गोलपछि खेल थप रोमाञ्चक बन्न पुगेको थियो । त्यसपछि खेलको ७०औं मिनेटमा २२ वर्षीय ब्राजिलियन खेलाडी रोड्रिगोले नै अर्को गोल थप्दै रियललाई उपाधि दिलाए । रोड्रिगोको उक्त गोलसँगै ओसासुनाले आफ्नो १ सय ३ वर्ष लामो इतिहासमा पहिलो महत्वपूर्ण उपाधि जित्ने अवसर पनि गुमाउनु पर्यो ।
ओसासुनाले केवल दोस्रो पटक कोपा डेल रेको फाइनल खेलेको हो । रियलले भने २०औं पटक कोपा डेल रेको उपाधि जितेको हो । स्पेनको निकै पुरानो प्रतियोगितामध्येको एक कोपा डेल रेको उपाधि सबैभन्दा बढी पटक जित्ने क्लब भने बार्सिलोना हो । बार्सिलोनाले हालसम्म ३१ पटक कोपा डेल रेको उपाधि जितेको छ ।
सर्वाधिक उपाधि जित्ने क्लबको सूचिमा दोस्रो स्थानमा रहेको एथलेटिक बिल्बाओले भने २३ पटक उपाधि हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण