आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पहिलो पटक गर्भमा गरियो भ्रूणको मस्तिष्कको शल्यक्रिया

आइतबार, २४ वैशाख २०८०, १२ : २०
आइतबार, २४ वैशाख २०८०

स्वास्थ्य विज्ञानको इतिहासमा यस्तो पहिलो पटक भएको छ । डाक्टरले गर्भमा हुर्किरहेको भ्रूणको दिमागको शल्यक्रिया गरेका छन् । यो शल्यक्रिया पूर्ण रूपमा सफल रह्यो । यसो गरेर डाक्टरले बच्चाको विकसित भइरहेको मस्तिष्कमा हुर्किरहेको एउटा घातक विकार हटाएका छन् ।

स्ट्रोकमा प्रकाशित भएको शोधका अनुसार यो शल्यक्रिया अल्ट्रासाउन्डमार्फत गरिएको हो । भ्रूणको शल्यक्रिया गर्भावस्थाको ३४ औँ हप्तामा गरिएको हो । भ्रूणमा ग्यालेन मालफर्मेशन भएको पत्ता लागेको थियो जुन धेरैजसो आक्रामक हुन्छ । यो अवस्थासहित जन्मिएका बालबालिकाको ११ वर्ष अगावै मृत्यु हुने सम्भावना ३० प्रतिशत हुन्छ । यो विकारका कारण बिरामी उच्च रक्तचापको सिकार हुन्छन् । यसका कारण बच्चा जन्मिँदा वा जन्मिएपछि मस्तिष्क र मुटुमा अत्यधिक तनाव हुन्छ र यसमा पल्मोनरी हाइपरटेन्सन, हार्ट फेलियर र अन्य घातक परिस्थिति पैदा हुनसक्छ ।

गर्भावस्थामा यसको उपचार गर्न सकिन्छ र साधरणतया एन्डोभास्कुलर एम्बोलाइजेसन नामको प्रक्रियाद्वारा यसको उपचार गरिन्छ । सर्जनले यस्तो खालको शल्यक्रिया पहिला नगरेका होइनन् तर गर्भाशय भित्रै गरिएको यो पहिलो पटक हो । युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनको रेखदेखमा उनीहरू भ्रूणको मस्तिष्कमा उच्च दबाब युक्त रक्त नलीलाई ब्लक गर्न सफल रहे । जन्मका बेला दबाब बढ्न नदिन यस्तो गरिएको थियो । 

brain surgeryशल्यक्रियापछि बच्चा जन्मियो र उनलाई कुनै समस्या भएन पनि । बोस्टन चिल्ड्रन हस्पिटलमा सेरेब्रोभास्कुलर सर्जरी एन्ड इन्टरभेन्सन सेन्टरका सह–निर्देशक तथा शोधका मुख्य लेखक डेरेन बी. ओरबेकले आफूले यस्तो अवस्थाका लागि अल्ट्रासाउन्डसँग सम्बन्धित विशेष प्रविधिलाई क्लिनिकल ट्रायलमा प्रयोग गरेको जानकारी दिए । उनले भने, ‘हाम्रो क्लिनिकल ट्रायलमा हामी जन्म अगावै ग्यालेन विकृतिका लागि अल्ट्रासाउन्डसँग सम्बन्धित ट्रान्स्युटेराइन एम्बोलिजेसनको प्रयोग गरिरहेका छौँ । सामान्यतया जन्मपछि देखिने समस्याहरू अब देखिएका छैनन्, यो देखेर हामी उत्साहित थियौँ ।’

उनले बच्चाको अवस्थाबारे जानकारी दिँदै भने, ‘६ हप्तामा बच्चाको कुनै औषधी बिना नै निकै राम्रो विकास भइरहेको छ । यो बताउन पाउँदा हामी निकै खुसी छौँ । उनलाई सामान्य तरिकाले राखिएको छ, उनको तौल बढिरहेको छ र घर फिर्ता भइसकेका छन् । उनको मस्तिष्कमा कुनै नकारात्मक प्रभावको कुनै लक्षण छैन ।’

जन्मिएपछि बच्चालाई कुनै पनि कार्डियोभास्कुलर सपोर्टको आवश्यकता थिएन र सबै न्युरोलोजिकल स्क्यान सामान्य थिए । अरू बच्चाले पनि यो प्रक्रियाबाट उपचार पाउने आशा व्यक्त गरिएको छ । यसले शिशुलाई स्थायी मस्तिष्क क्षति, अपाङ्गता वा मृत्युको खतरालाई स्पष्ट रूपमा कम गर्न सक्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप