मोरङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ६ नेताचोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बा.प्र. ०३–००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट उदयपुरको त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्लेको बुधबार घटनास्थलमै मृत्यु भएको हो ।
विराटचोकबाट विराटनगरतर्फ आउँदै स्कुटी चालक काफलेलाई सोही दिशातर्फ गइरहेको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । ओभर स्पिड आएको टिपरले ठक्कर दिएर घटनास्थलमै स्कुटीका चालकको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए । टिपर चालक फरार रहेका छन् । उनको खोजी कार्य तीव्र बनाएको प्रहरीले जनाएको छ ।
‘ओभर स्पिडमा टिपर आएको प्रत्यक्षदर्शीले भनेका छन्,’ ट्राफिक प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘त्यसैले दुर्घटना भएको देखिन्छ ।’ घटनाको विषयमा अनुसन्धान सुरु भएको मोरङ प्रहरीले जनाएको छ ।
टिपरको ठक्करबाट मृत्यु भएको काफ्लेको शरीर दुई टुक्रा भएको प्रत्यक्षदर्शीले बताएका छन् । घिनाघाट–विराटचोक सडक खण्डमा यसअघि पनि टिपरको ठक्करबाट थुप्रैको मृत्यु भइसकेको छ । तीव्र गतिमा टिपर गुडाउने भएकोले यस सडकमा दुर्घटना बढी हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार