मोरङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ६ नेताचोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बा.प्र. ०३–००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट उदयपुरको त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्लेको बुधबार घटनास्थलमै मृत्यु भएको हो ।
विराटचोकबाट विराटनगरतर्फ आउँदै स्कुटी चालक काफलेलाई सोही दिशातर्फ गइरहेको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । ओभर स्पिड आएको टिपरले ठक्कर दिएर घटनास्थलमै स्कुटीका चालकको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए । टिपर चालक फरार रहेका छन् । उनको खोजी कार्य तीव्र बनाएको प्रहरीले जनाएको छ ।
‘ओभर स्पिडमा टिपर आएको प्रत्यक्षदर्शीले भनेका छन्,’ ट्राफिक प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘त्यसैले दुर्घटना भएको देखिन्छ ।’ घटनाको विषयमा अनुसन्धान सुरु भएको मोरङ प्रहरीले जनाएको छ ।
टिपरको ठक्करबाट मृत्यु भएको काफ्लेको शरीर दुई टुक्रा भएको प्रत्यक्षदर्शीले बताएका छन् । घिनाघाट–विराटचोक सडक खण्डमा यसअघि पनि टिपरको ठक्करबाट थुप्रैको मृत्यु भइसकेको छ । तीव्र गतिमा टिपर गुडाउने भएकोले यस सडकमा दुर्घटना बढी हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण