अदालतको फैसलापछि मात्र बालकृष्ण खाणबारे निर्णय लिने कांग्रेसको निष्कर्ष
काठमाडौँ । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई तत्काल कारबाही नगर्ने भएको छ । बिहीबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले नभागेर खाणले अनुसन्धानमा सहयोग गरेको निष्कर्ष निकालेको हो ।
पूर्व गृहमन्त्री समेत रहेका खाणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्न विषयमा सामान्य छलफल भएपनि तत्काल निर्णय नहुने कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए ।
'बुटवलबाट काठमाडौँ आएको दोस्रो दिन उहाँलाई निवासबाटै प्रहरीले पक्राउ गरेको छ । उहाँ भाग्न पनि सक्नुहुन्थ्यो । तर उहाँले त्यसो नगरेर अनुसन्धानमा सहयोग गर्नु भएको छ । हामीले यो कुरालाई पनि हुनुपर्छ,' बैठकपछि उनले भने ।
कांग्रेस दोषीलाई उम्काउने पक्षमा नभएको पनि सहमहामन्त्री परियारको भनाइ छ । अनुसन्धानलाई पार्टीले सघाउनुपर्नेमा सबै सहमत रहेको पनि जानकारी गराए । बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने मत राखेका थिए ।
बिहीबारको बैठकमा अदालतको फैसलापछि खाणबारे पार्टीले निर्णय लिने विषयमा सबै सहमत भएको परियारको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण