अदालतको फैसलापछि मात्र बालकृष्ण खाणबारे निर्णय लिने कांग्रेसको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई तत्काल कारबाही नगर्ने भएको छ । बिहीबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले नभागेर खाणले अनुसन्धानमा सहयोग गरेको निष्कर्ष निकालेको हो ।
पूर्व गृहमन्त्री समेत रहेका खाणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्न विषयमा सामान्य छलफल भएपनि तत्काल निर्णय नहुने कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए ।
'बुटवलबाट काठमाडौँ आएको दोस्रो दिन उहाँलाई निवासबाटै प्रहरीले पक्राउ गरेको छ । उहाँ भाग्न पनि सक्नुहुन्थ्यो । तर उहाँले त्यसो नगरेर अनुसन्धानमा सहयोग गर्नु भएको छ । हामीले यो कुरालाई पनि हुनुपर्छ,' बैठकपछि उनले भने ।
कांग्रेस दोषीलाई उम्काउने पक्षमा नभएको पनि सहमहामन्त्री परियारको भनाइ छ । अनुसन्धानलाई पार्टीले सघाउनुपर्नेमा सबै सहमत रहेको पनि जानकारी गराए । बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने मत राखेका थिए ।
बिहीबारको बैठकमा अदालतको फैसलापछि खाणबारे पार्टीले निर्णय लिने विषयमा सबै सहमत भएको परियारको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
डेडिकेटेड र ट्रंकलाइन बक्यौता: पुनरवलोकनका लागि ४६ उद्योगले दिए निवेदन
-
कारागारमा कैदीबन्दीको मृत्यु प्रकरण : सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन
-
बाग्मतीका स्थानीय तहले प्रदेशबाट पाए ८ अर्ब ६५ करोड बजेट, कुनलाई कति ?
-
५६ करोड ७१ लाख बिगो माग गरिएका थापा ३ लाख धरौटीमा रिहा
-
राजु पाण्डेको रिटमा उच्च अदालतले भन्यो - निलम्बन कार्यान्वयन नगर्नू, काम गर्न दिनू
-
समयका पहिराहरू