पाकिस्तान : दुई दिन हिरासतमा बसेपछि इमरान खान लाहोर फर्किए
लाहोर । पाकिस्तान तेहरिक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खान दुई दिन हिरासतमा रहेपछि शनिबार बिहान लाहोरस्थित आफ्नो घर पुगेका छन् । इस्लामाबाद उच्च अदालतले शुक्रबार अल-कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको थियो ।
लाहोरमा उनका समर्थकहरुले उनलाई न्यानो स्वागत गरेका थिए । इमरान सडकबाट लाहोरस्थित आफ्नो घर पुगेका थिए ।
जमानत पाएपछि पनि इमरान खान केही घण्टा इस्लामावाद हाईकोर्ट परिसरमै बसेका थिए । इस्लामाबाद पुलिसका प्रमुखले उनलाई लाहोर जानबाट रोक्न सक्दो प्रयास गरेको र उनलाई तीन घण्टा पर्खाइएको पूर्व प्रधानमन्त्रीको दावी छ ।
एक भिडियो सन्देशमा इमरान खानले अदालतमा तीन घण्टासम्म बन्धक बनाएको र विभिन्न बहाना बनाएर बाहिर निस्कन नदिइएको बताएका छन् । यसैबीच, इस्लामाबाद पुलिसले ट्वीट गर्दै इमरान खानले सुरक्षामा सहयोग नगरेको र आफ्नो कार्यको लागि आफू स्वयं जिम्मेवार हुने दाबी गरेको छ।
इस्लामावाद प्रहरी प्रवक्ताका अनुसार इस्लामावाद प्रहरीले उच्च अदालत र सर्वोच्च अदालतको आदेशमा इमरान खानलाई पूर्ण सुरक्षा प्रदान गरेको थियो। इमरान खान भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि पाकिस्तानभर हिंसाका घटनाहरू भइरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण