सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेनमा घोडा दौडसहितको सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै नेपाली दूतावास

शनिबार, ३० वैशाख २०८०, ११ : ५५
शनिबार, ३० वैशाख २०८०

स्पेन । स्पेनको राजधानी मड्रिडमा नेपाली सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ ।  स्पेनका लागि नेपाली राजदूतावासको आयोजनामा आज घोडा दौडसहितको सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको हो । नेपाल र स्पेनबीचको कुटनैतिक सम्बन्ध गाँसिएको ५५ औं वर्षगाँठका अवसरमा आयोजना हुन लागेको उक्त कार्यक्रमको मुख्य आकर्षणका रूपमा घोडा दौड प्रतियोगिता रहेको छ । जसमा, नेपालमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालका नाम बाट चिनिएका घोडाहरूका बीचमा प्रतिस्पर्धा गराइनेछ । सगरमाथा, मकालु, कञ्चनजंघा, लोत्से, चोयु, धौलागिरी, मनास्लु र अन्नपूर्ण गरि ८ वाटा हिमालका नाम गरेका घोडाहरुको सहभागिता रहने छ । 

कार्यक्रममा स्पेनमा रहेका नेपाली तथा स्पेनको सरकारी कायालर्यमा कार्यरत उच्च पदस्थ कर्मचारी, कुटनीतिज्ञ तथा यूरोपका थुप्रै मानिसहरूको सहभागिता रहने आयोजक पक्षले जनाएको छ । विशेष गरेर विश्वमा रहेका ८ हजार मिटरमाथिका १० वटा हिमालमध्ये ८ वटा हिमाल नेपालमा रहेकाले नेपालको पर्यटन प्रवर्धनमा यस प्रतियोगिताले महत्व राख्ने राजदूतावासले जनाएको छ । 

कार्यक्रमलाई स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  सन् १९६८मा स्वर्गीय राजा विरेन्द्रको स्पेन भ्रमणपछि दूई देशबीचमा कुटनीतिक सम्बन्ध कायम भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप