शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुरुमा ‘प्रेमिका’ को हत्या, त्यसपछि फेसबुक लाइभ गरेर आत्महत्या

सोमबार, ०१ जेठ २०८०, १३ : १६
सोमबार, ०१ जेठ २०८०

अंकितले फेसबुक र इन्स्टाग्राममा लाइभ गरेर आत्महत्या नगरेको भए १५ जुनमा उनी २२ वर्षको हुने थिए ।

आत्महत्या गर्नुभन्दा ठिक २३ घण्टाअघि गत मे १३ को साँझ उनले आफ्नी प्रेमिका निवेदिताकाे हत्या गरे । त्यसपछि त्यही पेस्ताेलबाटै आफ्नो टाउकोमा गोली हाने । घटना भारतकाे हाे । 

निवेदिता २० वर्षकी मात्र थिइन् । १२ मे को साँझ निवेदितालाई गोली हानेदेखि नै अंकित फरार थिए । उनले आफ्नो फोन नम्बर स्विच अफ गरेका थिए ।

प्रहरीले उनको खोजी गरिरहेको थियो, त्यसपछि मे १३ को बेलुका उनी आफ्नो सोसल मिडिया प्रोफाइलमा लाइभ गरे । उनले निवेदिताको हत्याको कुरा स्वीकारे ।

लाइभमा उनले टाउको नजिकै पेस्तोल राखेर आत्महत्या गर्न लागेको बताए । त्यसपछि लाइभ रोकियो ।

ankit1आत्महत्या गर्नुअघि अंकितले के गरे ?

आत्महत्या गर्नुअघि अंकितले आफ्ना बहिनीहरूलाई आफ्नो लोकेसन पठाएका थिए । उनका परिवारका सदस्यले पनि यो लाइभ हेरिरहेका थिए । त्यसैले उनीहरूले राँची पुलिसलाई सम्पर्क गरेर उक्त लोकेसन सेयर गरेर अंकितलाई बचाउन अनुरोध गरे ।

यो जानकारी पाए लगत्तै प्रहरी पनि तत्पर भए तर घटनास्थल पुग्नुअघि नै अंकितले टाउकोमा गोली हानिसकेका थिए ।

राँचीको कोकर इलाकामा रहेको उक्त स्थानबाट प्रहरीले अङ्कितको रगतले लतपतिएको शव फेला पारेको थियो । उनी आफ्ना सात दाजुभाइमध्ये कान्छो थिए ।

अंकित र निवेदिताको पुर्ख्यौली गाउँ बिहारको नवादा जिल्लाको दुई फरक थाना क्षेत्रमा थिए तर नवादा सहरमा उनीहरूको घर नजिकै थियो । उनीहरूको जात फरक थियो र सामाजिक स्थिति पनि ।

निवेदिता आईसीएफएआई विश्वविद्यालय, राँचीमा बीबीएकी  विद्यार्थी थिइन् । उनी त्यहाँको हर्मु क्षेत्रमा रहेको निजी होस्टेलमा पढ्दै थिइन् ।

सोही होस्टेल नजिकै अंकितले उनको टाउकोमा गोली हानेर हत्या गरेका थिए । दुर्घटनामा निवेदिताका एक साथी पनि घाइते भएकी छिन्, उनको उपचार भइरहेको छ ।

ankit2निवेदिताको हत्या भएको दिन के भयो ?

अर्गोडा प्रहरी चौकी (राँची) का इन्चार्ज विनोद कुमारले सञ्चारमाध्यमसँगको कुराकानीमा निवेदितालाई मे १२ को साँझ आफ्नो साथीसँग होस्टल फर्कँदै गर्दा गोली हानेको जानकारी दिए ।

अंकित हिँडेरै निवेदिता भए ठाउँ पुगे र उनको टाउकोमा नजिकैबाट गोली हानिदिए । त्यसपछि निवेदितालाई घाइते अवस्थामा नै उपचारका लागि राजेनद्र आयुर्विज्ञान संस्थान (रिम्स) लगियो, जहाँ उनलाई मृत घोषणा गरियो ।

यस मामिलामा निवेदिताका बुवाको बयानमा अंकितविरुद्ध हत्याको उजुरी दर्ता गरियो ।

विनोद कुमारले भने, ‘निवेदिताका आफन्तले अंकितमाथि हत्याको आशङ्का गरेका थिए । हामीले प्रारम्भिक अनुसन्धानमा सिसिटिभी फुटेजको आधारमा यसको प्रमाण पनि फेला पार्‍यौँ । त्यसैले उनलाई पक्राउ गर्न नवाडामा टोली पठाएका थियौँ ।’

‘यसैबीच, मे १३ को साँझ हामीले अङ्कितको फेसबुक लाइभको बारेमा जानकारी पायौँ । प्रहरी टोलीले उनको लोकेसन ट्रेस गर्योे । हामीले त्यहाँबाट अङ्कितको रगतले लतपतिएको शव  र हतियार बरामद गर्यौँ ।’

‘प्रारम्भिक अनुसन्धानबाट आत्महत्या नै भएको देखिन्छ । थप अनुसन्धानका लागि फरेन्सिक र प्राविधिक टोलीको मद्दत लिइँदैछ ।’

दुवैको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको छ । निवेदिताको शवको पोस्टमार्टम मे १३ गते र अङ्कितको शवको पोस्टमार्टम मे १४ मा गरिएको थियो ।

दुवै रिपोर्टमा मृत्युको कारण ‘गोली लागेको चोट’ उल्लेख गरिएको छ ।

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप