ए डिभिजन लिगमा आज तीन खेल हुँदै
मङ्गलबार, ०२ जेठ २०८०, ०८ : ४६
काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एक खेल च्यासल खेल मैदान ललितपुरमा हुनेछ ।
अखिल नेपाल फुटवल संघ (एन्फा)का अनुसार च्यासल खेल मैदानमा प्रहरीका दुई बिभागीय टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
जसअनुसार सो मैदानमा नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लब एक आपसमा भिड्नेछन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
यसैगरी, दशरथ रंगशालामा दिउँसो ३ बजे पहिलो खेल सुरु हुनेछ, जुन खेलमा थ्रि स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीचमा प्रतिस्पर्धा हुनेछ ।
रंगशालामा नै हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र चर्च ब्वाईज भिडनेछन् । जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण