राहुल गान्धीविरुद्ध अदालतमा अर्को मुद्दा
राँची । भारतीय काङ्ग्रेस नेता राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा पनि मानहानि मुद्दा परेको छ । उक्त अदालतले मुद्दाको फैसला केही समयपछि गर्ने जनाएको छ ।
न्यायाधीश अम्बुजनाथको इजलासमा बहस समाप्त भएको छ भने दुवै पक्षलाई बहसको सारांश पेश गर्न आदेश दिइएको छ ।
काङ्ग्रेस नेता राहुल गान्धीले सन् २०१८ मा चाइबासमा भएको पार्टीको भेलामा भारतीय जनता पार्टी (भाजपा)का नेता अमित शाहविरुद्ध आपत्तिजनक टिप्पणी गरेपछि भाजपाका एक जना स्थानीय नेताले मुद्दा दायर गरेका थिए ।
नेता गान्धीले आफ्नो पार्टीको भेलामा ‘हत्याको आरोपी भाजपामा मात्र पार्टी अध्यक्ष बन्नसक्छ, काङ्ग्रेसमा यो सम्भव छैन’ भनेका थिए । यो भनाइबारे जवाफ दिन तल्लो अदालतले नेता गान्धीलाई सूचना पठाएको थियो भने त्यसलाई चुनौती दिँदै उनले उच्च अदालतमा आवेदन गरेका थिए ।
तल्लो अदालतको सूचना खारेजीको माग आवेदनमा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण