राप्रपाकाे निर्णय
ललिता निवास जग्गादेखि वाइडबडी काण्डमा मुछिएकालाई कारबाही गर्न राप्रपाको माग
बुधबार, ०३ जेठ २०८०, १६ : ०९
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणका अतिरिक्त यसअघि चर्चामा आएका विभिन्न भ्रष्टाचार काण्डको छानबिन गर्न माग गरेको छ ।
राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुन बमोजिम आकर्षित हुने राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत किर्तेलगायतका कसुरमा कारबाही चलाउन माग गरेको छ ।
बैठकले भ्रष्टाचार निर्मूल पार्न क्यान्टोनमेन्ट घोटाला, ललिता निवास जग्गा काण्ड, एनसेल प्रकरण, वाइडबडी काण्ड लगायतका सम्पूर्ण भ्रष्टाचारका घटनामा समेत छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन माग गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा जेठ १ देखि काठमाडौँमा चलेको बैठक आज सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण