सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गौरीको पुस्तक विमोचन कार्यक्रममा शाहरुखले भने, ‘४० वर्षको उमेरमा करियर सुरु, आज मभन्दा व्यस्त’

बुधबार, ०३ जेठ २०८०, १६ : १२
बुधबार, ०३ जेठ २०८०

शाहरुख खानकी श्रीमती गौरी खानले सोमबार आफ्नो पहिलो किताब सार्वजनिक गरेकी छिन् । यो किताबको नाम ‘माई लाइफ इन डिजाइन’ हो । यति बेला उनीसँग शाहरुख खान पनि उपस्थित थिए । कार्यक्रममा शाहरुख खानले गौरीको बेस्सरी तारिफ गरे र पछिल्लो समय गौरी, घरको सबैभन्दा व्यस्त सदस्य भएको बताए ।

शाहरुखको मद्दत लिन अस्वीकार

मिडियासँगको कुराकानीमा शाहरुखले भने, ‘जब गौरीले आफ्नै व्यवसाय सुरु गर्ने निर्णय गरिन् तब मैले मेरा केही साथीसँग मद्दत लिऔँ न भनेँ । तर गौरीले मेरो प्रस्ताव अस्वीकार गरिन् । ४० वर्षको उमेरमा गौरीले यो व्यापार सुरु गरेकी हुन् ।जब गौरीले आफ्नै व्यवसाय सुरु गर्ने निर्णय गरिन् तब मैले मेरा केही साथीसँग मद्दत लिऔँ न भनेँ । तर गौरीले मेरो प्रस्ताव अस्वीकार गरिन् । ४० वर्षको उमेरमा गौरीले यो व्यापार सुरु गरेकी हुन् ।’

‘मैले गौरीलाई भनेँ, ‘मेरा केही साथी छन्, हामी उनीहरूसँग कुराकानी गर्न सक्छौँ । उनले यो कुरा मानिनन्,’’ उनले भने । गौरीले आफ्नो करियर एउटा सानो पसलबाट सुरु गरिन् र उनले यो सबै आफ्नै बलबुतामा गरिन् । उनले त्यो कुरा गरिन्, जुन उनलाई मन पर्छ । 

‘घरमा सबैभन्दा व्यस्त छिन् गौरी’

पुस्तक विमोचनमा शाहरुखले गौरीको तारिफ गर्दै भने, ‘आजकाल म, मेरा बच्चाहरू र मेरी बहिनीभन्दा गौरी व्यस्त छिन् । हामीले उनलाई सोध्छौँ, यति काम किन गर्छौँ ? यसले आफूलाई आत्म सन्तुष्टि दिने उनी बताउँछिन् । मलाई लाग्छ यो किताब पनि त्यसकै लागि हो ।’

हामी सँगै खाना खान्छौँ

उनले यो पनि थपे, ‘हामी घरमा बेलुकाको खाना सँगै खान्छौँ । हामीसँग यसको विकल्पमा केही पनि छैन । हामीले बेलुकाको खाना सँगै खानु पर्छ । त्यति बेला हामी दिनभरि के कस्तो भयो, काम कस्तो रह्यो भन्ने कुरा गर्छौँ । रातीको खानामा हामी प्रत्येक दिन सन्तोषजनक भयो भनेर कुरा गर्छौँ । किनभने एक सन्तोषजनक दिन नै खुसीको दिन हुने गौरीको मान्यता छ ।

यस्तै, कार्यक्रममै सोहेल नामका एक व्यक्तिले ‘गौरी तपाईंभन्दा बढी क्षमतावान् छिन्’ भन्छन् । 

शाहरुखले यसलाई आफ्नै शैलीले जवाफ दिए, ‘बाहिरी रूपमा म तिमीभन्दा सुन्दर छु ।’ यसमा कार्यक्रममा उपस्थित ती व्यक्तिले भन्छन्, ‘मैले क्षमताबारे कुरा गरिरहेको थिएँ ।’

शाहरुखले हाँस्दै जवाफ दिए, ‘लुक्सले सबै काम गरिदिन्छ । तपाईं मजस्तो देखिनुहुन्छ भने प्रतिभा किन चाहियो ?’

शाहरुखले अरू के भने ?

‘गौरीले घर, रेस्टुरेन्ट, होटेल डिजाइन गरेकी छिन् । मेरो कोठाबाहेक गौरीले सबै कुरा डिजाइन गरिन् । तर केही छैन, म माफी दिने खालको मान्छे हुँ ।’

‘म र गौरी एक अर्कालाई वर्षौँदेखि चिन्छौँ । एक अर्कालाई धेरै वर्षसम्म चिनेपछि तपाईंले एक–अर्काको तारिफ गर्न बिर्सनुहुनेछ,’ उनले भने । 

‘गौरीले बच्चाहरूलाई धेरै राम्रोसँग हुर्काइन् । उनी सधैँ रचनात्मक रहिन्,’ उनले भने ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप