रङ्गशालामा भागदौड हुँदा ९ जनाको मृत्यु
आइतबार, ०७ जेठ २०८०, ११ : ४३

एजेन्सी । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर ९ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन) ले जनाएको छ । प्रहरीका अनुसार कुस्काटलाना रङ्गशालामा अलियान्जा र एफएएसबीचको फुटबल खेल हेर्न प्रवेश गर्न खोजेका समर्थकहरूको भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पुर्याइएको छ ।
प्रहरीले सार्वजनिक गरेको भिडियोमा रङ्गशाला बाहिर धेरै एम्बुलेन्स बिरामी बोक्न तयारी अवस्थामा रहेका तथा चिकित्सकहरू द्रुत सेवा प्रवाहका खातिर घाइतेहरू भएकातर्फ दौडिइरहेका देखिन्छन् । अलियान्जा र एफएएस एल साल्भाडोरका लोकप्रिय फुटबल टोली हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान हुने ऊर्जामन्त्रीको विश्वास
-
टिकेन सेयर बजारको उत्साह, फाइनान्स समूह भने बढेको बढ्यै
-
वनबाट वार्षिक ४० अर्बको राजस्व सङ्कलन, १२ अर्ब रुपैयाँ बराबरको रोजगारी सिर्जना हुने
-
भजहर कप फुटबलको उपाधि गौरीगंगाको पोल्टामा
-
तीन वटै तहको सरकारबिच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक : मुख्यमन्त्री शाह
-
बीवाईडी एक्सचेन्ज क्याम्पेन घोषणा