मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

चाउरी परेको छालालाई कसिलो बनाउन उत्कृष्ट छन् यी दुई घरेलु लेप

सोमबार, ०८ जेठ २०८०, ११ : ५७
सोमबार, ०८ जेठ २०८०

उमेर बढेसँगै छालामा यसको असर देखिनु स्वाभाविक प्रक्रिया हो । उमेर बढ्दै जाँदा छालामा चाउरी पर्न थाल्छ । यद्यपि, केही मानिसको सानै उमेरदेखि अनुहारमा चाउरी पर्ने समस्या हुनसक्छ जसका कारण उनीहरू उमेर नपुग्दै पाको देखिन थाल्छन् । यहाँ हामी तपाईंका लागि यस्तो घरेलु लेप बारे जानकारी दिँदै छौँ जसको मद्दतले चाउरी परेको छालाको विशेष ख्याल राख्न सकिन्छ । 

मुल्तानी माटोकाे लेप

छाला कसिलो बनाउनका लागि मुल्तानी माटोको लेपको प्रयोग धेरै अघिदेखि हुँदै आएको छ । यसले डन्डिफोरको दाग हटाउन र घामले डढेको छालाको पनि विशेष ख्याल राख्छ । यसका साथै, यदि तपाईं यसमा काँचो दूध प्रयोग गर्नु हुन्छ भने यसले छालालाई जवान राख्न मद्दत गर्छ ।

यो फेस प्याक बनाउनका लागि एउटा कचौरामा २ देखि ३ चम्चा मुल्तानी माटो लिनुहोस् र यसको पेस्ट बनाउनका लागि थोरै काँचो दूध मिसाउनुहोस् । अब यसलाई राम्रोसँग फिट्नुहोस् र अनुहारमा लगाउनुहोस् । १० मिनेटपछि अनुहारलाई चिसो पानीले राम्रोसँग धुनुहोस् । यो लेपलाई तपाईं हप्तामा एक पटक प्रयोग गर्नुहोस् ।

यसको फाइदा

– यसले छालालाई एक्सफोलिएट गर्छ

– डन्डिफोरको समस्यालाई टाढा राख्छ

– चाउरी र फाइन लाइन्सको समस्यालाई केही कम गर्छ

– छालामा निखार ल्याउनका लागि यो निकै फाइदाजनक छ ।

बनाना फेस मास्क

आधा पाकेको केरा लिनुहोस् र यसलाई पेस्ट बनाएर यसमा एक चम्चा मह, एक चम्चा ओलिभ ओयल मिसाउनुहोस् । अब यसलाई राम्रोसँग फिट्नुहोस् । यो पेस्टलाई अनुहार र गर्धनमा राम्रोसँग लगाउनुहोस् र १५ मिनेटका लागि छोड्नुहोस् । तपाईं हप्तामा दुई पटक यो लेप लगाउनुहोस् । छालाको चाउरीपन कम हुनेछ ।

यो लेपको फाइदा

– छालालाई फ्री रेडिकल ड्यामेजबाट बचाउने काम गर्छ

– छालालाई नरम पार्छ र एन्टी–एजिङले झैँ काम गर्छ 

– तपाईंको छाला चम्किलो हुनुका साथै स्वस्थ रहन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप