चाउरी परेको छालालाई कसिलो बनाउन उत्कृष्ट छन् यी दुई घरेलु लेप
उमेर बढेसँगै छालामा यसको असर देखिनु स्वाभाविक प्रक्रिया हो । उमेर बढ्दै जाँदा छालामा चाउरी पर्न थाल्छ । यद्यपि, केही मानिसको सानै उमेरदेखि अनुहारमा चाउरी पर्ने समस्या हुनसक्छ जसका कारण उनीहरू उमेर नपुग्दै पाको देखिन थाल्छन् । यहाँ हामी तपाईंका लागि यस्तो घरेलु लेप बारे जानकारी दिँदै छौँ जसको मद्दतले चाउरी परेको छालाको विशेष ख्याल राख्न सकिन्छ ।
मुल्तानी माटोकाे लेप
छाला कसिलो बनाउनका लागि मुल्तानी माटोको लेपको प्रयोग धेरै अघिदेखि हुँदै आएको छ । यसले डन्डिफोरको दाग हटाउन र घामले डढेको छालाको पनि विशेष ख्याल राख्छ । यसका साथै, यदि तपाईं यसमा काँचो दूध प्रयोग गर्नु हुन्छ भने यसले छालालाई जवान राख्न मद्दत गर्छ ।
यो फेस प्याक बनाउनका लागि एउटा कचौरामा २ देखि ३ चम्चा मुल्तानी माटो लिनुहोस् र यसको पेस्ट बनाउनका लागि थोरै काँचो दूध मिसाउनुहोस् । अब यसलाई राम्रोसँग फिट्नुहोस् र अनुहारमा लगाउनुहोस् । १० मिनेटपछि अनुहारलाई चिसो पानीले राम्रोसँग धुनुहोस् । यो लेपलाई तपाईं हप्तामा एक पटक प्रयोग गर्नुहोस् ।
यसको फाइदा
– यसले छालालाई एक्सफोलिएट गर्छ
– डन्डिफोरको समस्यालाई टाढा राख्छ
– चाउरी र फाइन लाइन्सको समस्यालाई केही कम गर्छ
– छालामा निखार ल्याउनका लागि यो निकै फाइदाजनक छ ।
बनाना फेस मास्क
आधा पाकेको केरा लिनुहोस् र यसलाई पेस्ट बनाएर यसमा एक चम्चा मह, एक चम्चा ओलिभ ओयल मिसाउनुहोस् । अब यसलाई राम्रोसँग फिट्नुहोस् । यो पेस्टलाई अनुहार र गर्धनमा राम्रोसँग लगाउनुहोस् र १५ मिनेटका लागि छोड्नुहोस् । तपाईं हप्तामा दुई पटक यो लेप लगाउनुहोस् । छालाको चाउरीपन कम हुनेछ ।
यो लेपको फाइदा
– छालालाई फ्री रेडिकल ड्यामेजबाट बचाउने काम गर्छ
– छालालाई नरम पार्छ र एन्टी–एजिङले झैँ काम गर्छ
– तपाईंको छाला चम्किलो हुनुका साथै स्वस्थ रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण