एमालेले १५ वर्षअघि जनयुद्ध शब्द स्वीकारेको मिनेन्द्रले गराए योगेशलाई स्मरण

काठमाडौँ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई २०६५—६६ को नीति तथा कार्यक्रम स्मरण गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा भट्टराईले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा माओवादीको नेतृत्वमा भएको ‘जनयुद्ध’ उल्लेख गरेको भन्दै आपत्ति जनाए ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ मा संसदमा वाचन गरेको सरकारको नीति तथा कार्यक्रमको पहिलो बुँदामा उल्लेखित जनयुद्ध शब्दमाथि भट्टराईले प्रश्न उठाएका थिए ।
कांग्रेसले उक्त शब्द स्वीकार गरेको भन्दै ‘कांग्रेसको अन्त्य’हुन लागेको बताएपछि रिजालले सामाजिक सञ्जालमार्फत एमाले सम्मिलित सरकारको २०६५–६६ को नीति तथा कार्यक्रम अध्ययन गर्न सुझाएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य रिजालले ‘जनयुद्ध शब्द हटाइयोस्’ भन्ने आफ्नो संशोधन प्रस्ताव एमाले समेतको मतबाट अस्वीकृत भएको बताए ।
तर, २०७२ सालको संविधानपछि नेपालका कुनै पनि सरकारी दस्तावेजहरूमा जनयुद्ध शब्द उल्लेख भएको नभएको भट्टराईको भनाइ थियो । पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहालले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाएको भन्दै आफ्नो प्रश्नको जवाफ कांग्रेस सभापति शेरबहादुर देउवाले दिनुपर्ने भट्टराईको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
-
कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोड ठेक्का
-
श्रेष्ठको रिट खारेज भएसँगै नेपालखबर र बिजमाण्डुले समाचार हटाउन नपर्ने
-
घरेलु श्रमिक सम्बन्धी महासन्धि सी– १८९ अनुमोदन गर्न श्रममन्त्रीलाई ध्यानाकर्षण
-
इरानको हमलाले इजरायलमा क्षति, तस्बिरहरू
-
फेरिए भक्तपुर र अर्घाखाँचीका सीडीओ