एमालेले १५ वर्षअघि जनयुद्ध शब्द स्वीकारेको मिनेन्द्रले गराए योगेशलाई स्मरण
काठमाडौँ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई २०६५—६६ को नीति तथा कार्यक्रम स्मरण गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा भट्टराईले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा माओवादीको नेतृत्वमा भएको ‘जनयुद्ध’ उल्लेख गरेको भन्दै आपत्ति जनाए ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ मा संसदमा वाचन गरेको सरकारको नीति तथा कार्यक्रमको पहिलो बुँदामा उल्लेखित जनयुद्ध शब्दमाथि भट्टराईले प्रश्न उठाएका थिए ।
कांग्रेसले उक्त शब्द स्वीकार गरेको भन्दै ‘कांग्रेसको अन्त्य’हुन लागेको बताएपछि रिजालले सामाजिक सञ्जालमार्फत एमाले सम्मिलित सरकारको २०६५–६६ को नीति तथा कार्यक्रम अध्ययन गर्न सुझाएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य रिजालले ‘जनयुद्ध शब्द हटाइयोस्’ भन्ने आफ्नो संशोधन प्रस्ताव एमाले समेतको मतबाट अस्वीकृत भएको बताए ।
तर, २०७२ सालको संविधानपछि नेपालका कुनै पनि सरकारी दस्तावेजहरूमा जनयुद्ध शब्द उल्लेख भएको नभएको भट्टराईको भनाइ थियो । पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहालले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाएको भन्दै आफ्नो प्रश्नको जवाफ कांग्रेस सभापति शेरबहादुर देउवाले दिनुपर्ने भट्टराईको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण