को हुन् लरेन सान्चेज, जसले अमेजनका मालिक जेफ बेजोससँग इन्गेजमेन्ट गरिन् ?
अमेजनका मालिक जेफ बेजोसले आफ्नी पार्टनर लरेन सान्चेजसँग इन्गेजमेन्ट गरेका छन् । खबरका अनुसार उनले सान्चेजलाई इन्गेजमेन्टका लागि आफ्नो याचमा प्रस्ताव राखे । हालै, यी दुइलाई याचमा सँगै देखिएको थियो । उनीहरूको तस्बिर भाइरल भएसँगै धेरैले यी दुईले विवाह गरेको अनुमान लगाए । अब नयाँ खबरका अनुसार बेजोस र सान्चेजले इन्गेजमेन्ट गरेका छन् । केही रिपोर्टका अनुसार सान्चेजले कान्स फिल्म फेस्टिभलमा इन्गेजमेन्टको औँठी लगाएको देखिएको थियो ।
जेफ बेजोसले इन्गेजमेन्ट गरेका लरेन सान्चेज को हुन् ? यसबारे जानकारी लिऔँ
– लरेन सान्चेजको जन्म सन् १९६९ मा भएको हो । उनी ५३ वर्षकी भइन् । उनी कुनै बेला टिभी पत्रकारको रूपमा काम गर्थिन् । उनले इन्टरटेन्मेन्ट रिपोर्टर र समाचार वाचिकाको रूपमा काम गरेकी थिइन् । उनले सन् २०११ देखि २०१७ सम्म गुड डे एलए सोलाई होस्ट गरिन् । यसबाहेक उनी द लङ्गेस्ट यार्ड, फाइट क्लब र टेड–२ जस्ता फिल्ममा पनि देखिएकी छिन् ।
– उनीसँग हेलिकोप्टर उडाउने लाइसेन्स पनि छ । उनले आफू पहिल्यैदेखि पाइलट बन्न चाहेको तर तौल बढी भएका कारण सधैँ अस्वीकार गरिएको बताएकी थिइन् । उनले सन् २०१६ मा आफ्नै प्रोडक्सन कम्पनी सुरु गरेकी थिइन् । यो कम्पनीको नाम ब्ल्याक अप्स एभिएसन हो ।
– लरेनको पनि विवाह भइसकेको छ । उनका पूर्व श्रीमानको नाम पेट्रिक विटसेल हो । उनी एक हलिउड एजेन्ट हुन् । उनीसँग सान्चेजका दुई सन्तान छन् । उनीहरूको नाम एला र इवान हो । एक रिपोर्टका अनुसार पूर्व एनएफएल खेलाडी टोनी गोन्जालेजसँग पनि उनका एक २२ वर्षका छोरा छन् जसको नाम निक्को हो ।
– उनले सन् २०१८ देखि जेफ बेजोससँग डेट गर्न सुरु गरेकी हुन् र १४ जुलाई २०१९ मा उनीहरूको सम्बन्ध सार्वजनिक भएको थियो । त्यही बेला बेजोसको आफ्नो पूर्व श्रीमती म्याकेन्जी स्कटसँग सम्बन्ध विच्छेदको प्रक्रिया पूरा भएको थियो ।
– लरेन सान्चेजको पनि अन्तरिक्षमा ठुलो रुचि छ । अन्तरिक्षमा जानु उनको सपना नै छ । स्मरण रहोस्, जेफ बेजोसको कम्पनी ब्लु ओरिजिनले यही काम गर्छ । उनी बेजोसको अर्थ फन्ड अर्गनाइजेसनकी उपाध्यक्ष हुन् । यो सङ्गठनको उद्देश्य पर्यावरणलाई जोगाउनु हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण