म्यानचेस्टर सिटीलाई बराबरीमा रोक्दै ब्राइटन युरोपा लिगमा
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब ब्राइटनले युरोपा लिगमा स्थान पक्का गरेको छ । प्रिमियर लिगको बुधबार राति खेलिएको खेलमा बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई १—१ गोलको बराबरीमा रोक्दै ब्राइटनले युरोपा लिगमा स्थान बनाएको हो ।
युरोपा लिग युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता हो । ३७ खेलबाट ६२ अंक जोडेको ब्राइटन तालिकाको छैटौं स्थानमा छ । तालिकाको सातौं स्थानमा आसिन एस्टन भिल्लाले ३७ खेलबाट ५८ अंक बटुलेको छ । अन्तिम खेलमा ब्राइटन पराजित र एस्टन भिल्ला विजयी भए पनि अंक तालिकामा कुनै फरक पर्ने छैन । प्रिमियर लिग तालिकाको माथिल्लो ४ स्थानमा आउने टोली युरोपियन च्याम्पियन्स लिगमा तथा पाँचौं र छैटौं स्थानमा आसिन टोली युरोपा लिगमा छनोट हुने प्रावधान छ । तालिकको सातौं स्थानमा आउने टोलीले भने युरोपा कन्फरेन्स लिगको छनोट खेल्न पाउने छ ।
म्यानचेस्टर सिटीले भने यसअघि नै प्रिमियर लिगको उपाधि जित्ने पक्का भइसकेको छ । खेलमा सुरुआती अग्रता म्यानचेस्टर सिटीले लिएको थियो । खेलको २५ औं मिनेटमा म्यानचेस्टर सिटीका लागि फिल फोडेनले पहिलो गोल गरेका थिए । ३८ औं मिनेटमा ब्राइटनका जुलियो एन्सिसोले जवाफी गोल फर्काएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण