गौरवको आयोजना दामोदर मार्ग : बन्नै सकेन गुरुयोजना, टुक्रे काममा टालटुल
दाङ । लुम्बिनी प्रदेशको तत्कालीन सरकारले दाङको दामोदर मार्गलाई प्रदेशको गौरवको आयोजनाका रूपमा अघि सारेको थियो ।
चैलाही–केरुनिया–लालमटिया २० किलोमिटर, कुईरेपानी–झिङ्नी–लक्ष्मीपुर– सौडियार–सर्रा ९ किलोमिटर, उरहरि–गरिगरिया–सुकौरा ८ किलोमिटर, पोटली–हेकुली–बैबाङ ८ किलोमिटर सडकको निर्माण योजनालाई प्रदेश सरकारले दामोदर मार्गका रूपमा नामकरण गरेको थियो ।
तत्कालीन प्रदेश सरकारले प्रदेशको गौरवको आयोजना भने पनि काम टुङ्गो लगाउन सकेन । दामोदर मार्ग निर्माणका लागि व्यवस्थित गुरुयोजना नै निर्माण गर्न नसकेपछि सडक निर्माण अलपत्र पर्यो ।
व्यवस्थित गुरुयोजना निर्माणको अभावका कारण प्रदेश सरकारको गौरवको आयोजना टुक्रे योजनाको भरमा सीमित स्थानमा मात्रै बजेट निर्धारण गरी नाम मात्रको काम भएको छ ।
सडक पूर्वाधार विकास कार्यालय दाङका अनुसार दामोदर मार्गअन्तर्गत कुईरेपानी–सर्रा मार्गमा कतै बाटो कटिङ, कतै कल्भर्ट निर्माण भएको छ । कतै भने मुआब्जा विवादमा रोकिएको छ ।
सडक पूर्वाधार विकास कार्यालय दाङका आयोजना प्रमुख मनिष कुमार अर्याल भन्छन्, ‘प्रदेशको गौरवको आयोजना दामोदर मार्ग कहाँ जोड्ने र कहाँ लैजानै भन्ने टुुङ्गो छैन । अझ निर्माण सम्पन्न हुने टुुङ्गो कसरी पो लाग्दा र, योजनाकै टुुङ्गो छैन ?’
दामोदर मार्ग फोरलेन योजनाअन्तर्गत निर्माणको थालनी गरिएको थियो । आयोजना प्रमुख अर्यालले अगाडि भने, ‘कुुइरेपानी–सर्रा ट्रयाक खोली कल्भर्ट र पुल निर्माण गरिएको छ । तर आयोजनाको मुख्य प्रवेशद्वार बन्द छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण