नाबालिगलाई अनलाइनमार्फत दुर्व्यवहार गरेको आरोपमा पक्राउ
शुक्रबार, १२ जेठ २०८०, १६ : ५०
काठमाडौं । सामाजिक सञ्जालमा नाबालिगको सम्पादित तस्बिर राखेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीको साइबर व्युरोले एक जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार पीडित नाबालिगले दिएको उजुरीका आधारमा अनुसन्धान गरी डोटीस्थित दिपायल सिलगढी नगरपालिका–१३ स्थायी घर भएका ३२ वर्षीय पदमबहादुर खड्कालाई काठमाडौंबाट बिहीबार पक्राउ गरिएको हो ।
पक्राउ परेका खड्कालाई शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई अनुसन्धानका लागि पाँच दिनको म्याद लिइएको व्युरोका प्रवक्ता रायले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार निज खड्काले पीडित नाबालिगको तस्बिर फेसबुकबाटै डाउनलोड गरी सम्पादन गरेर अश्लील बनाएर नक्कली प्रोफाइलमा अपलोड गर्नुका साथै पीडित नाबालिग र उनका साथीहरुलाई समेत पठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण