एक खेल अगावै पीएसजीले जित्यो फ्रेन्च लिगको उपाधि
काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको उपाधि जितेको छ ।
स्ट्रासबर्गसँग १–१ को बराबरी खेल्दै पीएसजीले एक खेल अगावै फ्रेन्च लिगको उपाधि जितेको हो । यो जितसँगै पीएसजीले ११औँ पटक फ्रेन्च लिगको उपाधि उचाल्ने भएको छ ।
पीएसजीलाई च्याम्पियन बन्न एक अङ्कको खाँचो रहेको बखतामा शनिवार राति भएको खेलमा लियोनेल मेस्सीले गरेको गोलले पीएसजीलाई उपाधि जित्न सहज भएको हो । पहिलो हाफमा गोलरहित बराबरीमा टुङ्गिए पनि दोस्रो हाफको ५९औँ मिनेटमा मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।
तर, घरेलु टोली पीएसजीले लिएको सो अग्रता लामो समयसम्म कायम रहन भने सकेन । खेलेको ७९औँ मिनेटमा केभिन गेमेरियोले गोल गरे पछि स्ट्रासबर्गले बराबरीमा मात्रै खेलेन, रेलिगेसनबाट जान पनि रोकियो ।
यस बराबरीसँगै पीएसजीले ३७ खेलबाट ८५ अङ्क बटुलेको छ भने स्टार्सवर्ग ३७ खेलबाट ४० अङ्क जोडेर १५औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण