धेरै घाटा ब्यहोर्नेको सूचीमा आयल निगम पहिलो, दोस्रोमा नेपाल एयरलाइन्स

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा नेपाल आयल निगमले सबैभन्दा धेरै घाटा बेहोरेको छ । सञ्चालित ४४ वटा सार्वजनिक संस्थानमध्ये आयल निगमले सबैभन्दा धेरै घाटा बेहोरेको हो ।
निगमले गत आर्थिक वर्षमा ३८ अर्ब १७ करोड रुपैयाँ घाटा बेहोरेको थियो । यसपछि सबैभन्दा धेरै घाटा बेहोर्ने कम्पनीको सूचीको दोस्रो स्थानमा नेपाल एयरलाइन्स छ । नेपाल एयरलाइन्सले गत आर्थिक वर्षमा १ अर्ब ७० करोड रुपैयाँ घाटा बेहोरेको थियो ।
यसपछि, तेस्रो स्थानमा रहेको नेपाल खानेपानी संस्थानले ३९ करोड ५४ लाख रुपैयाँ घाटा बेहोर्दा दुग्ध विकास संस्थानले ३७ करोड घाटा बेहोरेको छ । यसैगरी, नेपाल औषधि लिमिटेडले १३ करोड ८७ लाख रुपैयाँ घाटा बेहोरेको अर्थ मन्त्रालयले जनाएको छ ।
सञ्चालित ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा रहेको र १९ वटा भने घाटामा रहेको अर्थमन्त्री डा.प्रकाश सरण महतले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
-
निगुरो बेचेर घर खर्चको जोहो गर्दै कुमाल समुदाय
-
झापाका कृषकले पाएनन् चैते धानको समर्थन मूल्य
-
‘कञ्चनजङ्घा आरोहणले दुई देशबीचको सम्बन्ध थप बलियो’
-
निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु
-
अयोध्या–धामको नाममा जग्गा नहुँदा समस्या