समृद्ध प्रदेश निर्माण केन्द्रित नीति तथा कार्यक्रम ल्याउँछौं : मुख्यमन्त्री जम्कट्टेल
मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले समृद्ध प्रदेश निर्माणमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित रहेको बताए । आइतबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि संचारकर्मीहरुसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको विकास र आर्थिक समृद्धिका विषय सरकारले नीति तथा कार्यकममा समेटेको बताए ।
उनले सरकारको नीति तथा कार्यक्रम समृद्ध प्रदेश निर्माणमा अग्रसर रहेको समेत दाबी गरे । विगतको तुलनामा सरकारले उत्कृष्ट नीति तथा कार्यक्रम तर्जुमा गरेको उनको भनाई छ ।
‘सरकारको नीति तथा कार्यक्रम समृद्धिको यात्रा तर्फ अग्रसर छ । प्रदेशको विकास र आर्थिक समृद्धिमा सरकारको प्राथमिकता रहेको छ,’ उनले भने, ‘सरकारको नीति तथा कार्यक्रममा विगतमा गर्न नसकेका कामहरु समेटेका छन् । समृद्ध प्रदेश निर्माणको लागि नीति कार्यक्रम केन्द्रित छ ।’
मुख्यमन्त्री जम्कट्टेलले भौतिक पूर्वाधार, कृषि, शिक्षा, कानुन तथा वातावरण संरक्षण लगायतका क्षेत्रमा सम्पूर्ण विषयमा नयाँ कार्यक्रमहरु ल्याइएको बताए ।
मुख्यमन्त्री जम्कट्टेलले सरकारको नीति तथा कार्यक्रम परम्परागत नभई नविन प्रकृतिको भएको उल्लेख गरे ।
‘विगतको सरकारमा पनि म सहभागि थिए । नीति तथा कार्यक्रममा अहिलेको जति सक्रियता कहिल्यै कसैको थिएन । अहिले नीति तथा कार्यक्रम ल्याउन निकै गृहकार्य भएको छ । त्यसको नतिजा कार्यान्वयनको चरणमा देखिन्छ,’ उनले भने ।
मुख्यमन्त्री जम्कट्टेलले नीति कार्यक्रममा प्रतिपक्षीहरूले दिएको सुझावहरूलाई पनि समेटेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण