मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

युभेन्टसलाई हराउँदै मिलान च्याम्पियन्स लिगमा

सोमबार, १५ जेठ २०८०, ०८ : ५४
सोमबार, १५ जेठ २०८०

टुरिन । ओलिभिए जिरुको एकमात्र गोलको मद्दतले युभेन्टसलाई हराउँदै एसी मिलानले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्न सफल भएको छ । खेलको ४० औँ मिनेटमा डेभिडे क्लाब्रियाको पसमा हेडमार्फत जिरुले गरेको गोल निर्णायक बनेको हो ।

पराजयसँगै आगामी सिजन च्याम्पियन्स लिगमा पुग्ने युभेन्टसको सपना चकनाचुर बनेको छ । यसअघि युभेको १० अंक घटाइएको थियो । मिलानले एकै सिजनमा होम र अवे खेलमा युभेलाई हराएको पछिल्ला ५० वर्षमा मात्र तेस्रो पटक हो ।

जीतपछि मिलान ६१ अंकसहित इटालिन सिरिए एको चौथो स्थानमा उक्लिएको छ । युभेन्टसपछि ५९ अंकसहित लिगको सातौँ स्थानमा सीमित बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप