युभेन्टसलाई हराउँदै मिलान च्याम्पियन्स लिगमा
सोमबार, १५ जेठ २०८०, ०८ : ५४
टुरिन । ओलिभिए जिरुको एकमात्र गोलको मद्दतले युभेन्टसलाई हराउँदै एसी मिलानले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्न सफल भएको छ । खेलको ४० औँ मिनेटमा डेभिडे क्लाब्रियाको पसमा हेडमार्फत जिरुले गरेको गोल निर्णायक बनेको हो ।
पराजयसँगै आगामी सिजन च्याम्पियन्स लिगमा पुग्ने युभेन्टसको सपना चकनाचुर बनेको छ । यसअघि युभेको १० अंक घटाइएको थियो । मिलानले एकै सिजनमा होम र अवे खेलमा युभेलाई हराएको पछिल्ला ५० वर्षमा मात्र तेस्रो पटक हो ।
जीतपछि मिलान ६१ अंकसहित इटालिन सिरिए एको चौथो स्थानमा उक्लिएको छ । युभेन्टसपछि ५९ अंकसहित लिगको सातौँ स्थानमा सीमित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण