इजिप्टको सीमानजिकै तीन इजरायली सेना मारिए
कायरो । इजरायली सीमा नजिकै दोहोरो भिडन्त हुँदा इजिप्टका सुरक्षाकर्मीको गोली लागेर तीन जना इजरायली सैनिकहरूको मृत्यु भएको छ । दुवै देशका सुरक्षा अधिकारीहरूले यस अनौठो घटनाको संयुक्तरुपमा छानबिन गरिरहेको बताएका छन् ।
इजरायली सेनाले यो घटना लागु औषध कारोबारविरुद्ध अघिल्लो रात चलाइएको अपरेशनसँग सम्बन्धित रहेको बताएको छ । सेनाका अनुसार मारिनेमा दुई जना इजरायली सैनिकमा एक महिला र पुरुष रहेका छन् । उनीहरूमाथि शनिबार बिहान सीमा नजिकै गोली प्रहार गरिएको थियो । उनीहरूको शवलाई एक शीर्ष अधिकारीले फेला परेका थिए ।
पछि इजरायली सेनाले सर्च अपरेसन चलाएको थियो । उनीहरूले कथित आक्रमणकारीलाई फेला पारेपछि दोहोरो भिडन्त भएको थियो । त्यस क्रममा तेस्रो सैनिकको मृत्यु भएको थियो । भिडन्तमा इजिप्टकी एक महिला पुलिसकर्मीको पनि मृत्यु भएको बताइएको छ ।
यता, इजिप्टनको सेनाले आफ्नो देशको सुरक्षाकर्मीले लागु औषध कारोबारीलाई पछ्याउने क्रममा यो घटना भएको अस्पष्ट जानकारी दिएको छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण