शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

इजिप्टको सीमानजिकै तीन इजरायली सेना मारिए

आइतबार, २१ जेठ २०८०, ११ : ३७
आइतबार, २१ जेठ २०८०

कायरो । इजरायली सीमा नजिकै दोहोरो भिडन्त हुँदा इजिप्टका सुरक्षाकर्मीको गोली लागेर तीन जना इजरायली सैनिकहरूको मृत्यु भएको छ । दुवै देशका सुरक्षा अधिकारीहरूले यस अनौठो घटनाको संयुक्तरुपमा छानबिन गरिरहेको बताएका छन् ।

इजरायली सेनाले यो घटना लागु औषध कारोबारविरुद्ध अघिल्लो रात चलाइएको अपरेशनसँग सम्बन्धित रहेको बताएको छ । सेनाका अनुसार मारिनेमा दुई जना इजरायली सैनिकमा एक महिला र पुरुष रहेका छन् । उनीहरूमाथि शनिबार बिहान सीमा नजिकै गोली प्रहार गरिएको थियो । उनीहरूको शवलाई एक शीर्ष अधिकारीले फेला परेका थिए ।

पछि इजरायली सेनाले सर्च अपरेसन चलाएको थियो । उनीहरूले कथित आक्रमणकारीलाई फेला पारेपछि दोहोरो भिडन्त भएको थियो । त्यस क्रममा तेस्रो सैनिकको मृत्यु भएको थियो । भिडन्तमा इजिप्टकी एक महिला पुलिसकर्मीको पनि मृत्यु भएको बताइएको छ ।

यता, इजिप्टनको सेनाले आफ्नो देशको सुरक्षाकर्मीले लागु औषध कारोबारीलाई पछ्याउने क्रममा यो घटना भएको अस्पष्ट जानकारी दिएको छ ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप