२५ उपाधि चुमाएपछि अन्नतः रियल छाडे बेन्जेमाले
काठमाडौँ । चर्चित फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमाले अन्ततः रियल मड्रिड छाडेका छन् । १४ वर्ष स्पेनिस क्लबमा बिताएका ३५ वर्षीय बेन्जेमाले क्लब छाडेको पुष्टि रियल म्याड्रिडले पनि गरेको छ । ‘हाम्रा कप्तान करिम बेन्जेमा क्लब छाडन सहमत भएका छन्,’ रियल मड्रिडले आइतबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेको छ ।
क्लबले बेन्जेमाको रियल बसाइलाई अविस्मरणीय भनी उल्लेख गरेको छ । ‘महान् खेलाडी बेन्जेमाको रियल बसाई धेरै अर्थमा महत्त्वपूर्ण रह्यो । उहाँले हाम्रो क्लबमा बिताएको क्षण अविस्मरणीय छ,’ रियलले भनेको छ ।
बेन्जेमा सन् २००९ मा रियल मड्रिडमा आबद्ध भएका थिए । रियलमा आबद्ध हुँदा उनको उमेर केवल २१ वर्ष थियो । ‘रियल मड्रिडको स्वर्णिम युगका उनी महत्त्वपूर्ण सदस्य हुन्,’ रियलले भनेको छ । क्लबका लागि १४ सिजन खेल्दा उनले रियललाई २५ वटा महत्त्वपूर्ण उपाधि जिताएका थिए । यो आफैमा कीर्तिमान पनि हो ।
बेन्जेमाले रियल म्याड्रिडलाई पाँचवटा युरोपियन कप, पाँचवटा क्लब विश्वकप, चारवटा युरोपियन सुपर कप, चारवटा स्पेनिस ला लिगा, तीनवटा कोपा डेल रे र चारवटा स्पेनिस सुपर कपको उपाधि चुमाउन महत्त्वपूर्ण योगदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण