२५ उपाधि चुमाएपछि अन्नतः रियल छाडे बेन्जेमाले

काठमाडौँ । चर्चित फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमाले अन्ततः रियल मड्रिड छाडेका छन् । १४ वर्ष स्पेनिस क्लबमा बिताएका ३५ वर्षीय बेन्जेमाले क्लब छाडेको पुष्टि रियल म्याड्रिडले पनि गरेको छ । ‘हाम्रा कप्तान करिम बेन्जेमा क्लब छाडन सहमत भएका छन्,’ रियल मड्रिडले आइतबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेको छ ।
क्लबले बेन्जेमाको रियल बसाइलाई अविस्मरणीय भनी उल्लेख गरेको छ । ‘महान् खेलाडी बेन्जेमाको रियल बसाई धेरै अर्थमा महत्त्वपूर्ण रह्यो । उहाँले हाम्रो क्लबमा बिताएको क्षण अविस्मरणीय छ,’ रियलले भनेको छ ।
बेन्जेमा सन् २००९ मा रियल मड्रिडमा आबद्ध भएका थिए । रियलमा आबद्ध हुँदा उनको उमेर केवल २१ वर्ष थियो । ‘रियल मड्रिडको स्वर्णिम युगका उनी महत्त्वपूर्ण सदस्य हुन्,’ रियलले भनेको छ । क्लबका लागि १४ सिजन खेल्दा उनले रियललाई २५ वटा महत्त्वपूर्ण उपाधि जिताएका थिए । यो आफैमा कीर्तिमान पनि हो ।
बेन्जेमाले रियल म्याड्रिडलाई पाँचवटा युरोपियन कप, पाँचवटा क्लब विश्वकप, चारवटा युरोपियन सुपर कप, चारवटा स्पेनिस ला लिगा, तीनवटा कोपा डेल रे र चारवटा स्पेनिस सुपर कपको उपाधि चुमाउन महत्त्वपूर्ण योगदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र पाकिस्तान तनाव : सैन्य शक्ति कसको बढी छ ?
-
पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते
-
आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
-
नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै, राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने
-
सामाजिक सुरक्षा कोष अब अनिवार्य, कसरी हुन्छ कार्यान्वयन ?