सभामुख–प्रधानमन्त्री छलफल, ओलीसँग कुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । प्रधानमन्त्रीसँगको छलफलमा सभामुख घिमिरेले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न आग्रह गरेका हुन् ।
आइतबार प्रतिनिधि सभा अवरोध भए लगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेर सभामुख घिमिरेको सचिवालयले जनाएको छ । ‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतीत भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,’ प्रधानमन्त्रीलाई सभामुखले भनेका छन्, ‘समयमा नै संवादबाट निकास खोजौँ, अब सदन अवरोध भइरहन सक्दैन ।’
सभामुखसँगको संवादमा अध्यक्ष दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको भन्दै सोमबारको संसद्मा आफूले प्रस्टीकरण दिने बताएका छन् । ‘म एमाले अध्यक्ष केपी शर्मा ओली सहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’ प्रधानमन्त्रीले सभामुखलाई विश्वस्त तुल्याएका छन् ।
सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही मार्फत विपक्षी दलहरूलाई बजेट पारित गर्ने समयसीमा बुझिदिन आग्रह गरेका छन् ।
यसैबीच एमाले प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म सदन सुचारु गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डले कुनै आफूहरूसँग कुनै छलफल नगरेको बताएका छन् ।
‘सभामुखले आफ्नो तर्फबाट पहल गरिरहनुभएको छ । तर सोमबार बिहानसम्मको अवस्थामा कुनै प्रगति भएको छैन’, प्रमुख सचेतक गिरीले रातोपाटीसँग भने,‘यो विषयमा प्रधानमन्त्रीले विपक्षी दलका नेतालाई बोलाएर कुराकानी गर्दा प्रभावकारी हुन्थ्यो तर उहाँले त्यसो गरेको देखिँदैन ।’
उनले नागरिकता विधेयक प्रमाणीकरण गर्न कार्यपालिकाले राष्ट्रपतिलाई पत्र लेख्ने कुरा असंवैधानिक भन्दै विधायिकामाथिको अतिक्रमण गरेकाले राजनीतिक विषयसमेत जोडिएको बताए ।
‘यसकारण यो विषयमा प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्यो । अर्को फूलबारी बन्दरगाह प्राप्त गर्ने नाममा हाम्रो भूमि नै भारतलाई दिन्छौ भन्ने खालको अभिव्यक्तिप्रति माफी माग्नुपर्छ । यी दुवै काम नगरेसम्म एक इन्च पनि अघि बढ्दैन,’ गिरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण