शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ओलीको दुई घण्टा लामो भाषणले रास्वपा सांसद वाक्क !

प्रतिपक्षी दलकै सांसद समेत निदाउनुभएछ ः निधि
मङ्गलबार, २३ जेठ २०८०, १७ : १२
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो लामो भाषणका लागि परिचित छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा अध्यक्ष ओलीले सोही क्रमलाई निरन्तरता दिए ।

आर्थिक वर्ष २०८०/८१ को बजेट बारेको छलफलमा भाग लिँदै उनले करिब २ घण्टा लामो टिप्पणी गरे । आफ्नो सम्बोधनका क्रममा ओलीले गाँजा खेतीदेखि सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्यको विषयमा प्रश्न उठाए । 

यता, ओलीले लामो भाषण गरिरहँदा रास्वपा सांसद सुमना श्रेष्ठले ट्वीट गर्दै आफू वाक्क भएको बताइन् । उनले यसरी बोल्नका लागि असीमित समय दिँदा संसद् बैठक नै अनुत्पादक भएको जिकिर गरेकी छन् ।

ddd

ओलीपछि बोल्न आएका नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले पनि ओलीले लामो भाषण गरेकोमा व्यङ्ग्य गरे । निधिले ओलीले बोल्दा प्रतिपक्षी दलका नेतासमेत सुत्न पुगेर ताली बजाउनसमेत बिर्सेको भन्दै गिज्याए । ‘प्रतिपक्षी दलका नेता बोल्दा मैले घडीमा हेरेको थिएँ, २ बजेर ४९ मिनेट भएको थियो । अब दुई मिनेट मात्र बाँकी छ, दुई घण्टा बोल्नुभएछ उहाँले । १ घण्टा ५८ मिनेट बोल्नुभएको छ । अर्थमन्त्रीले बजेट ल्याउँदा जति समय दिनुभयो । प्रतिपक्षी दलका नेताले राम्रो होमवर्क गरेर आउनु भएको रहेछ । धन्यवाद त दिन्छु,’ निधिले भने ।

ओलीले बोलेपछि जवाफ दिन माग गरेको बताए पनि आफूले ओलीले बोलेको कुरामा जवाफ दिने एउटा विषय आवश्यक नरहेको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप