उत्तर प्रदेशमा नाबालिगको सामूहिक बलात्कारपछि हत्या, दुई पक्राउ
बुधबार, २४ जेठ २०८०, ०९ : ४८
भारतको उत्तर प्रदेशको बस्ती जिल्लामा एक नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको थियो ।
बस्ती प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अभियोग दर्ता भएको २४ घण्टाभित्र दुई जना अभियुक्तलाई पक्राउ गरिएको छ, बाँकी रहेका अन्य अभियुक्तलाई पनि छिट्टै पक्राउ गरी अन्य आवश्यक कानुनी कारबाही गरिने छ ।’
बस्तीका प्रहरी उपरीक्षक गोपालकृष्ण चौधरीले बीबीसीसँगको कुराकानीमा बलात्कार भएको पुष्टि गरेका छन् । हालसम्म दुई जना पक्राउ परेको पनि उनले जानकारी दिए ।
यो घटना जिल्लाको गौर थाना क्षेत्रको हो । सोमबार राति १० बजे नाबालिगको शव फेला परेको थियो । घटनापछि स्थानीयले सडक अवरुद्ध गर्दै दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण