शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

४१ वर्ष, १६ हजार बिरामीको मुटु रोग निको पारे तर चर्चित कार्डियोलोजिस्टको हृदयाघातका कारण निधन

बुधबार, २४ जेठ २०८०, १४ : ३५
बुधबार, २४ जेठ २०८०

भारतको जाम नगरस्थित मुटु रोग विशेषज्ञ ४१ वर्षका डाक्टर गौरव गान्धीको हृदयाघातका कारण निधन भएको छ । डा. गान्धी सौराष्ट्रका चर्चित कार्डियोलोजिस्टको रूपमा परिचित थिए । भारतीय मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने गान्धीले आफ्नो मेडिकल करियरको क्रममा १६ हजारभन्दा बढी बिरामीको उपचार गराइसकेका छन् ।

टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्टका अनुसार डा. गौरव गान्धीलाई घरबाट अस्पताल जाने तयारी गरिराख्दा हृदयाघात भएको थियो । उनले आफूलाई छाती दुखेको बताएको र त्यति नै बेला उनलाई हृदयाघात भएको जानकारीमा उल्लेख छ । उनलाई तत्काल जी.जी अस्पताल लगिए पनि उनलाई तत्काल मृत घोषित गरियो ।

डा. गान्धीको हृदयाघातका कारण निधन भएपछि धेरैले आश्चर्य व्यक्त गरेका छन् । मुटु रोगका विशेषज्ञ आफै कसरी हृदयाघातको सिकार भए भनेर धेरैले प्रश्न पनि गरिरहेका छन् । 

जानकारीका अनुसार गौरव गान्धीले एमबीबीएस र एमडीको पढाइ जामनगरबाट पूरा गरेका थिए । त्यसपछि उनले अहमदाबादबाट थप पढाई गरे । उनले डिएम कार्डियोलोजीको पढाई अहमदाबादबाट पूरा गरेका थिए । उनले उत्कृष्ट चिकित्सा सेवा र चिकित्सा क्षेत्रमा अनुसन्धानका लागि उनलाई गणतन्त्र दिवसमा पनि सम्मानित गरिइसकेको छ ।

जामनगरका मूल निवासी गौरव गान्धी विवाहित हुन् । उनकी श्रीमती देवांशी एक दन्त चिकित्सक हुन् । उनका १० वर्षकी छोरी र पाँच वर्षका छोरा पनि छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप