वेस्ट हामलाई ४३ वर्षपछि महत्वपूर्ण उपाधि
बिहीबार, २५ जेठ २०८०, ०६ : ३३
काठमाडौं । इङ्लिस क्लब वेस्ट हामले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ । वेस्ट हामले बुधबार राति खेलिएको फाइनल खेलमा इटालियन क्लब फियोरेन्टिनालाई २—१ गोलले हराउँदै युरोपा कन्फरेन्स लिगको उपाधि चुमेको हो ।
वेस्ट हामले ४३ वर्षपछि कुनै पनि ठुलो प्रतियोगिताको उपाधि हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६२औं मिनेटमा वेस्ट हामका लागि साइद बनेराहमाले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए ।
त्यसलगत्तै ६७औं मिनेटमा फियोरेन्टिनाका जियाकोमो बेनाभेन्तुराले जवाफी गोल फर्काएका थिए । खेलको अन्तिम समयमा वेस्ट हामका बोवेनले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण उपाधि चुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण