भरतपुर महानगरपालिकाद्वारा दूधमा अनुदान अन्तर्गत ६ करोड १२ लाख रुपैयाँ हस्तान्तरण
चितवन । भरतपुर महानगरपालिकाले बिहीबार दुग्ध कृषकहरूलाई अनुदान हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले कृषकलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरे ।
आर्थिक वर्ष ०७९/०८० दुग्ध सहकारीमा आबद्ध कृषकहरुले संकलन गरेको २ करोड ४ लाख लिटरको प्रति लिटर रु ३ रुपैयाँका दरले रु ६ करोड १२ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।
आर्थिक वर्ष ०७४/०७५ बाट भरतपुर महानगरपालिकाले दूधमा नेपालमै पहिलो पटक अनुदान दिन सुरु गरेको थियो । महानगरपालिकाले ०७४/०७५ बाट २५ पैसाबाट अनुदान दिन सुरु गरेको थियो । गत आर्थिक वर्षमा ८ हजार ७ सय ३५ जनाले अनुदान पाएकोमा चालु आर्थिक वर्षमा ११ हजार ५ सय ३४ जनाले अनुदान लिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुरको दूध उत्पादनमा वृद्धि गर्न प्रोत्साहन गर्ने उद्देश्यसहित २५ पैसाबाट सुरु गरिएको अनुदान प्रभावकारी देखिएको उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
-
दोस्रो हाफ सुरुः साबिक विजेता अर्जेन्टिना दबाबमा
-
विश्वकप फाइनलकै बिचमा बत्ती गयो, काठमाडौँका अधिकांश स्थान अन्धकार
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण