काठमाडौँमा खाद्यवस्तु भण्डारण र चिस्याउने डेरीबारे मेला सुरु
काठमाडौँ । खाद्यवस्तुको चिस्याउने डेरी र भण्डारण गर्नेबारे मेला काठमाडौँमा आजबाट सुरु भएको छ । आगामी तीन दिनसम्म चल्ने यो मेलामा नेपाल—भारतका व्यवासयीहरु सहभागी भएका छन् ।
खाद्यवस्तुको भण्डारण र चिस्याएर राख्ने विषयमा अहिले विश्वमा आएको नवीनतम प्रविधिबारे जानकारी दिन मेला आयोजना गरिएको आयोजकले बताएको छ । मेलाले प्रविधि र सामग्री उत्पादक व्यवसायीलाई सहजीकरण गर्ने आयोजकले बताएको छ । मेलाले व्यवसायी व्यवसायीबीच सम्बन्ध बनाउने र व्यवसाय बढाउन सहयोग पुग्ने बताइएको छ ।
भारतबाट मेलामा सहभागी भएका गान्धी अटोमेसन्स प्रा.लि.का प्रतिनिधि विनिल सल्लागरीले खाद्यवस्तुको प्रशोधन र चिस्याउने प्रविधि सामग्रीको बजार धेरै राम्रो रहेको र आफूहरुले प्रयोग गरिरहेको प्रविधि नेपालमा उपलब्ध गराउन लागेको बताए ।
नेपालमा खाद्यवस्तुको प्रशोधन, चिस्यान र भण्डारणमा प्रयोग हुँदै आएको प्रविधि र सामग्री आयातित छन् । बजार बिस्तार हुँदै गएपनि यसमा प्रयोग हुने प्रविधि र सामग्री नेपालमै उत्पादन गर्न सकिएको छैन । मेलामा आफ्नो प्रविधिको प्रदर्शन गर्न आउनुभएका व्यवसायी इन्जिनियर अनिलकुमार आचार्यले बजार हरेक वर्ष बढ्दै गएको बताउनु भयो । प्रदेश सरकारहरुले चिस्यान केन्द्र चिस्यान भण्डारण घरहरु बनाउने कार्यक्रम ल्याएसँगै कृषक र व्यवसायीलाई खुसी बनाएको बताए ।
नेपालमा यस प्रकारको प्रदर्शनी पहिलो पटक भएको हो । आजबाट सुरु भएको मेलामा नेपाल र भारतका ५० बढी व्यापारी, व्यवसायी सहभागी भएका छन् । मेलामा सामान बिक्री भन्दा पनि व्यवसायी सम्बन्ध बनाउन र प्रविधिबारे ज्ञान, सीप साटासाट गर्न साझा मञ्च हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण