चीनको विद्युतीय कार बिक्री ६०.२ प्रतिशतले बढ्यो
बेइजिङ । चीनको विद्युतीय सवारी साधन (एनईभी) को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको 'चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स' को तथ्याङ्कले देखाएको छ ।
गत महिना चीनमा विद्युतीय सवारी साधनको उत्पादन ५३ प्रतिशतले वृद्धि भई सात लाख १३ हजार युनिट पुगेको थियो । मे महिनामा चीनमा एनईभीको बजार हिस्सा ३०.१ प्रतिशत पुगेको थियो ।
यो वर्षको पहिलो पाँच महिनामा, विद्युतीय सवारी साधन बिक्री एक वर्ष पहिलेको तुलनामा ४६.८ प्रतिशतले वृद्धि भई २९ लाख चार हजार वटा पुगेको छ । चीनको एनईभी उत्पादन ३० लाख युनिटभन्दा बढी छ । यो वर्ष एनईभी उत्पादन ४५.१ प्रतिशतले वृद्धि भएको छ ।
सोही अवधिमा एनइभीको निर्यात १६० प्रतिशतले वृद्धि भई चार लाख ५७ हजार युनिट पुगेको तथ्याङ्कले देखाएको छ । एनईभी खपतमा अग्रङ्क्तिमा रहेर चीनले आफ्नो एनईभी बजारको विकासलाई कायम राख्न विशेष गरी यसको विशाल ग्रामीण क्षेत्रमा सहयोगी नीतिहरू ल्याएको छ ।
गत महिना चीनले ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई एनइभी खरिद गर्न र प्रयोग गर्न सहयोग गर्न एक दिशानिर्देश जारी गरेको थियो, जसमा चार्जिङ पूर्वाधारको निर्माणलाई बढावा दिन ध्यान केन्द्रित गरिएको थियो ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
-
फुजियान आगलागी : कम्तीमा २८ जनाको मृत्यु
-
राहत रकम थमाएर होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई राज्यको दबाब
-
‘भदौ २३ र २४ को प्रतिवेदन अध्ययन समिति’ ले किन बुझाएन रिपोर्ट ?
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण