कला, संस्कृति रहेमात्रै हाम्रो पहिचान रहन्छ : उपमेयर डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबैले आफ्नो ठाउँबाट एकजुट भई देश निर्माणका लागि लाग्नुपर्ने बताएकी छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले एकताबद्ध भएर बाजा बजाए झैँ सबै मिलेर समाजसेवा, देश सेवा गर्ने कुरामा अघि बढ्न जरुरी रहेको बताएकी हुन् ।
उनले कलाकृति, संस्कृति बाँचे मात्र देशको पहिचान जीवित रहने भन्दै देशको पहिचान जीवित बनाउने कुरामा लाग्न आग्रह गरिन् । उनले भनिन्, ‘आज विभिन्न बाजा, आफ्नै आफ्नै विशेषता भएको बाजा जसरी एकैसाथ एकै थलोमुनि बसेर बाजा बजाइरहेका छौँ । यो एकता बाजा बजाउनेमा मात्रै होइन, यो एकता समाजसेवा गर्ने, देश सेवा गर्नेमा सदैव अघि बढ्न सकोस् । सय थरी बाजा एकै ताल भने झैँ हामी सबै आफ्नो ठाउँबाट एकजुट भएर लागौँ । हाम्रो कलाकृति, संस्कृति बाँचे मात्र हाम्रो भाषा, लिपी, हाम्रो बाजागाजा जबसम्म जीवित हुन्छ तबसम्म हाम्रो पहिचान जीवित हुन्छ, पहिचान जीवित बनाउनको लागि सबै पुस्ता लाग्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण