बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

यी पाँच चिसा खानेकुराले शरीरमा तीव्र रूपमा बढाउँछ गर्मी, फाइदाभन्दा हानी बढी

आइतबार, २८ जेठ २०८०, १० : ०१
आइतबार, २८ जेठ २०८०

गर्मीमा खानपिनमा विशेष ध्यान दिइन्छ किनभने यो मौसममा कुनै चिजले कहिले हानी पुर्‍याउँछ, त्यो थाहा हुँदैन । यो मौसममा धेरैजसो मानिस चिसो खानेकुरा खान रुचाउँछन् जस्तै आइसक्रिम, कोल्ड ड्रिङ्क वा इत्यादि । तर चिसो देखिने यी खानेकुरा स्वास्थ्यका लागि कति फाइदाजनक छ ? आयुर्वेदका अनुसार यस्ता पाँच खानेकुरा छन् जुन हेर्दा चिसो हुन्छन् तर पेटमा समस्या निम्त्याउँछ । भारतका बिएचयूका आयुर्वेदाचार्य डा. अजय यादवमा शरीरमा गर्मी पैदा गर्ने चिसा खानेकुराबारे जानकारी दिएका छन् ।

आइस वाटर

आयुर्वेदले आइस वाटर अर्थात् बरफको पानी स्वास्थ्यका लागि ठिक मान्दैन । यद्यपि, मानिस गर्मीबाट राहत पाउनका लागि यसको प्रयोग गर्छन्, जुन गलत हो । बरफ राखिएको पानी खाँदा तपाईंको पाचन अग्नि शान्त हुन्छ । त्यसैले तपाईंको शरीरले राम्रोसँग पोषक तत्त्वलाई अवशोषित गर्न पाउँदैन र तपाईंले खाएको खानाको पौष्टिक तत्त्व शरीरले पाउँदैन ।

आइसक्रिम

गर्मीमा आइसक्रिम सबैभन्दा बढी रुचाइन्छ । तर यो स्वास्थ्यका लागि ठिक होइन भन्ने कुरा थाहा छ ? आइसक्रिममा फ्याट र सुगर अत्यधिक हुन्छ जसका कारण यो सजिलै पच्दैन । यसले पाचन अग्निलाई कमजोर बनाएर पाचन क्रियालाई ढिलो बनाउँछ । यसले गर्दा शरीरमा विषाक्त पदार्थ जम्मा हुने गर्छ ।

कागती

गर्मीको मौसममा पेटलाई शान्त पार्नका लागि मानिस कागतीको प्रयोग पनि व्यापक गर्छन् । बजारमा यसको माग पनि राम्रै हुन्छ । भिटामिन सीले भरपुर कागतीको प्रभाव तातो हुन्छ । यसले शरीरमा गर्मीलाई बढाउँछ । यसको सेवन गर्दा छाती पोल्ने, एसिडिटी र छालासँग सम्बन्धित समस्या हुनसक्छ ।

दही

आयुर्वेदमा दहीलाई ब्लकेज पैदा गर्ने मानिएको छ । स्मरण रहोस्, दहीको प्रभाव तातो हुन्छ । त्यसैले यसलाई पचाउन सजिलो हुँदैन । गर्मीमा अग्नि कमजोर हुन्छ र दहीले त्यसलाई कम गर्छ जसका कारण अपच, पेट फुल्ने र शरीर भारी हुने गर्छ ।

गोलभेँडा

आयुर्वेदमा गोलभेँडालाई तातो खानेकुरा मानिएको छ । यो खाँदा यसको अमिलो स्वादले पित्त दोष बढाउँछ र शरीरमा गर्मी पैदा गर्छ । गर्मीमा गोलभेँडा खाँदा एसिडिटी, छाती पोल्ने र छालामा डाबरको समस्या हुनसक्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप