हरिकृष्ण कार्की साउन २० देखि अनिवार्य अवकाशमा जाने, अझै भएन संसदीय सुनुवाइ
काठमाडौँ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की आगामी साउन २० देखि अनिवार्य अवकाशमा जाने भएका छन् । न्याय परिषद्ले उनी साउन २० देखि अनिवार्य अवकाशमा जाने पत्र दिएको हो ।
परिषद्का महासचिव मानबहादुर कार्कीद्वारा हस्ताक्षरित पत्रमा वैयक्तिक विवरण अभिलेखका आधारमा उनी साउन १९ मा ६५ वर्ष पुरा हुने भएकाले उमेर हदका कारण साउन २० देखि अनिवार्य अवकाशमा जाने उल्लेख छ ।
कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ । तर, अझै उनको संसदीय सुनुवाइ सुरु हुन सकेको छैन ।
कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ वटा उजुरी परेका छन् । ती उजुरीमाथि सोमबार सांसदहरूले छलफल गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
कार्कीविरुद्ध एक जना बहालवाला न्यायाधीशको उजुरी परेको छ भने ७ जना अधिवक्ता, ३ जना अधिकारकर्मी लगायतले उजुरी गरेका छन् । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईका साथै अधिवक्ताहरू अमृत खरेल, यादव कोइराला, ध्रुवबहादुर श्रेष्ठले उजुरी गरेका छन् । यस्तै अभियन्ता रतन भण्डारीसहितका व्यक्तिहरूले कार्की प्रधानन्यायाधीश लागि योग्य नभएको दाबी गर्दै उजुरी गरेका छन् ।
कार्कीविरुद्ध आर्थिक पाटोका साथै कानुनी पाटोको विषयमा उजुरी परेको सचिवालयले जनाएको छ । समितिले गत जेठ १६ गते १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । जसमध्ये ५ वटा उजुरी इमेलमार्फत र अरू उजुरी लिखित रूपमा कार्यालयमा आएका छन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सोमबारको बैठकमा सांसदहरूलाई उजुरी अध्ययनका लागि समय दिइनेछ भने त्यसपछि बस्ने बैठकमा उजुरीकर्तासँग छलफल गरिनेछ । उजुरीकर्तासँग छलफल गरेपछि कार्कीलाई सुनुवाइ समितिमा बोलाउने तयारी छ ।
कार्की संसदीय सुनुवाइबाट साउन २० अघि प्रधानन्यायाधीशमा अनुमोदन भएमा छोटो समयमात्रै सर्वोच्च अदालतको सर्वोच्च पदमा आसीन हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण