एलन मस्कका चार हजार ५ सय बढी स्टारलिंक स्याटेलाइट अन्तरिक्षमा
फ्लोरिडा । विश्वकै धनी व्यक्ति इलन मस्कले अन्तरिक्षमा पकड बढाउँदै लगेका छन् । उनको अन्तरिक्ष कम्पनी स्पेस एक्सले सोमबार मात्रै ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडेपछि अन्तरिक्षमाथिको उनको पकड क्रमशः बलियो बन्दै गएको छ ।
अमेरिकन सञ्चारमाध्यमका अनुसार टविटर र टेस्लाका प्रमुखसमेत रहेका मस्कको कम्पनि स्पेस एक्सको फाल्कोन–९ बुस्टर रकेटले ५२ वटा स्टारलिंक स्याटेलाइट हिजो अन्तरिक्षमा पठाएको थियो ।
अमेरिकी समय अनुसार सोमबार बिहान ३ बजेर १० मिनेटमा फ्लोरिडास्थित प्रक्षेपण केन्द्रबाट लन्च भएको उक्त रकेट ८ मिनेटमा काम सम्पन्न गरेर पृथ्वीमा फर्केको थियो ।
समाचार अनुसार लन्च भएको ८ मिनेट ३० सेकेन्डमा फाल्कोन–९ को बुस्टर एट्लान्टिक महासागरस्थित अवतरण स्थलमा फर्किएको थियो । यस वर्ष उक्त बुस्टर रकेटको ९ औं प्रक्षेपण र अवतरण हो ।
अन्तरिक्षको माथिल्लो भागमा रहेको स्टारलिंकका ५२ वटा स्याटेलाइटहरू यसपटक पृथ्वीको तल्लो कक्षमा छाडिएको छ । प्रक्षेपण भएको ६५ औं मिनेटमा ती स्याटेलाइटहरूलाई पृथ्वीको तल्लो कक्षमा छाडने काम सम्पन्न भएको हो ।
हालसम्म स्पेस एक्सले राखेका ४ हजार ५ सयभन्दा बढी स्टारलिंक स्याटेलाइट मध्ये ४ हजार २ सय वटा सञ्चालनमा रहेको स्पेश एक्सका खगोलशास्त्री जोनाथलन म्याडेवल जानकारी दिएका छन् ।
स्टारलिंक मेघा कन्स्टिलेसन निर्माणका लागि मस्कले १२ हजारवटा स्याटेलाइट राख्ने अनुमति पाएका छन् । तर, उनले थप ३० हजारवटा स्याटेलाइट राख्नका लागि अनुमति माग गरेको तर त्यसमा दिने नदिने भन्नेमा पुनर्विचार भइरहेको अमेरिकी सञ्चारमाध्यमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण