शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

अदालतमा बालकृष्ण खाणको तर्फबाट बहस सुरु, यस्तो छ खाणविरुद्धको अभियोग

मङ्गलबार, ३० जेठ २०८०, ११ : २३
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्ररकणमा काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी बालकृष्ण खाणको तर्फबाट बहस सुरु भएको छ । न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा खाणका वकिल पंकज कर्णले बहस सुरु गरेका हुन् । 
तत्कालीन गृहमन्त्री समेत रहेका खाणले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने नाममा १ करोड २४ लाख नगद बुझेको आरोप छ । 

 खाणले भुटानी शरणार्थी समस्या स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदल ले तयार पारेको प्रतिवादेनलाई पुनः मन्त्रिपरिषद्मा प्रस्ताव नै नगरी पीडितहरूलाई विश्वासमा पार्न छुट्टै समिति बनाएको अभियोग छ । 

मन्त्री खाणले सचिवस्तरीय निर्णयबाट जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति बनाई छुट भएका शरणार्थीको विवरण पुनः भेरिभाई गरी पेस गर्ने समेतको कार्यदेश दिएको खुलेको हो ।

अभियोग पत्रमा केशवप्रसाद दुलालले खाणलाई १ करोड २४ लाख ५० हजार रुपैयाँ नगदै बुझेको र त्यसपछि लगत्तै कार्यदेश समेत थप गरी समितिको म्याद थप गरेको उल्लेख छ । त्यस्तै दुलालले रकम दिने, गिफ्ट दिने, भेट्ने लगायतका संवादहरूबाट खाण समेत आपराधिक समूहमा संलग्नता रहेको पुष्टि भएको उल्लेख छ । पक्राउ पर्नुभन्दा अघि खाणले आफ्नो निजी मोबाइल विवरणहरू मेटाउने उद्देश्यले नै फ्याक्ट्री रिसेट गरेको निष्कर्ष निकालिएको छ । 

यता तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पक्राउ परेपछि हिरासतबाटै खाणलाई कसुरबाट जोगाउनका लागि प्रधानमन्त्री समेतलाई भनेर आफू उपरको अनुसन्धान प्रक्रिया अगाडि नबढाउन दबाब दिनुपर्ने तथा केशवप्रसाद दुलाल र सानु भण्डारीले दिएको रकम फिर्ता गरी आफ्नो नाम नलिने गरी इन्कारी बयान गर्न लगाउनु भन्ने लिखित सूचनाहरू दिएका थिए । 

सो लिखित सूचना खाण र निजी स्वकीय सचिव नरेन्द्र केसीको साथबाट बरामद भएको थियो । उक्त लिखित सूचना परीक्षणका लागि पठाउँदा पाण्डेले नै लेखेको पुष्टि भएको अभियोग पत्रमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप