इजलासमा दुई वरिष्ठ अधिवक्ता–‘रिसिइबी राखेर बालकृष्णको नाम पोलियो, थुन्न मिल्दैन’
काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट मङ्गलवार वरिष्ठ अधिवक्ता महादेव यादव र प्रेम बहादुर खड्का सहित १० जनाले बहस गरे। वरिष्ठ अधिवक्ता यादव र खड्काले बालकृष्ण खाण शरणार्थीको नाममा भएको ठगीमा संलग्न नभएको जिकिर गरेका छन् ।
वरिष्ठ अधिवक्ता यादवले अदालतमा खाणले गरेको इन्कारी बयान अनुसन्धानमा प्राप्त दसी भन्दा विपरीत नभएको बताए । जाहेरवाला प्रेमराज पन्थीको जाहेरीको पेटबोलीमा गिरोहका सदस्यले ‘गृहमन्त्री आफ्नै मान्छे हुन्’ भन्ने ब्यहोरा मात्र उल्लेख गरेको यादवले बताए । उनले भने, ‘सहप्रतिवादीलाई ३ पटकसम्म बयान गराएर पोल्न लगाइएको छ, यस्तो परिपाटी नै छैन ।’
सचिव टेकनारायण पाण्डेले लेखेको र नरेन्द्र केसीबाट बरामद गरिएको भनिएको ‘कागज’को आधिकारिकताबारे वरिष्ठ अधिवक्ता यादवले प्रश्न उठाए । ‘चिट प्रहरी मेड हो कि, प्रतिवादी मेड हो ?’ काठमाडौँ जिल्ला अदालतको २५ नम्बर इजलासमा यादवले भने–‘त्यसबेला सचिव हिरासतमा छन्, हिरासतमा पत्र लेख्ने सुविधा हुँदैन।’
अर्का वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले आरोपित पक्राउ गरेको २२ औँ दिनपछि प्रहरी प्रतिवेदनको भरमा मुद्दा ‘सङ्गठित’मा रुपान्तरण नहुने जिकिर गरेका छन् । बालकृष्ण खाणको विश्वसनीयता सिद्ध्याउन सचिव टेकनारायण पाण्डेलाई दोस्रो पटक बयानमा पोल्न बाध्य पारेको खड्काको जिकिर छ । ‘सचिवलाई मेट्रो प्रहरीमा लगेर नाम पोल्न लगाइएको छ’ वरिष्ठ अधिवक्ता खड्काले भने–‘रिसिइबी राखेर बालकृष्णको नाम पोलिएको छ, उहाँलाई थुन्न मिल्दैन ।’
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले आरोपितहरू ‘छुटिजाने भएमा हामीकहाँ पठाउनु’ भनेर अभियोग पत्रमा नै उल्लेख गर्नु आपत्तिजनक भएको खड्काले बताए । उनले भने–‘प्रेमराज पन्थीको जाहेरीमा बालकृष्ण खाण मन्त्री हुनुअघि नै लेनदेन भएको कुरा उल्लेख गरेका छन्, त्यसैले जाहेरीलाई आधार लिन मिल्दैन ।’
भुटानी शरणार्थीको कोटामा अमेरिका लान खोज्ने गिरोहले आफूलाई ठगेको आरोप लगाएर प्रेमराज पन्थीले दिएको जाहेरीमा बालकृष्ण खाणको नाम उल्लेख छ । पन्थीको जाहेरीको पेटबोली भन्दा बाहेक अन्य जाहेरवालाले खाण विरुद्ध उजुरी गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण