नक्कली भुटानी शरणार्थी प्रकरणमा कारबाही माग गर्दै संसद् भवन अगाडि प्रदर्शन, एक दर्जन बढी पक्राउ
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मुख्य दोषीहरूलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
संघीय संसद् भवनको ३ नम्बर गेट रहेको पानी ट्याङ्की अगाडि प्रदर्शन गर्दा १६ जना पक्राउ समेत परेका छन् । प्रदर्शन शुरु हुनासाथ प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवा डा. केदारनरसिह के.सी, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, सचिव चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, अधिकारकर्मीहरु बलबहादुर गाहा मगर, दिवाकर पुडासैनी, गिता तिमल्सिना, भगवान पुडासैनी, उमा गौतम, रुपा गिरी, विकास थापा, तुलसीराम भण्डारी, दुर्गाप्रसाद सापकोटा, ईश्वरी नेपाल, उपेन्द्र कुइकेलसहित १६ अधिकारकर्मीलाई गिरफ्तार गरेको हो । गिरफ्तार अधिकारकर्मीहरुलाई नेपाल पुलिस क्लव भृकुटीमण्डपमा राखिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा विगत एक सातादेखि बहस जारी छ । प्रतिवादीका तर्फबाट थुनछेक बहस भएपछि सरकारी वकिलले जवाफ दिनेछन् । बहस सकिएपछि थुनछेकबारे आदेश जारी हुनेछ ।
_9vKQEYaGTy.jpg)
_QccJFGbymb.jpg)
_ZFISiyQaOH.jpg)
_NzWAlVwV3k.jpg)
_HBppiA9lxx.jpg)
_pqHkPNwyyr.jpg)
_DXcnh3fHLk.jpg)
_l2orrn8buL.jpg)
_25S01qm1DW.jpg)
_AdxdhdIBNK.jpg)
_EjjUXpNTyq.jpg)
_93Gl18PGQ7.jpg)
_c3qeztMUc7.jpg)
_snOAC76Ifu.jpg)
_kPMlwW1j58.jpg)
_3Z9NCJmuIK.jpg)
_vDMYD9PKzn.jpg)
_ors89VMryB.jpg)
_y3kPuPb0X2.jpg)
_YwjpAT4ItC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण