मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

पसिनाको मोल

शनिबार, ०२ असार २०८०, १० : १७

हुँदैन कुनै मेहनत र पसिनाको मोल
अमूल्य हुन्छ, यसको मोल 
न त तुलना गर्न सकिन्छ, यसलाई कसैसँग  
न त तुलना गर्न सकिन्छ, यसलाई कुनै बस्तुसँग  
न त साट्न सकिन्छ, कुनै बस्तुसँग 
न त सकिन्छ पछि, सोधभर्ना नै गर्न  
मेहनत र पसिनाको मूल्य, 

थाहा हुन्छ केवल उसलाई
जसले बगाउँछ, मेहनत गरेर आफ्नो पसिना 
हेर्दा लाग्छ, यो पानीको थोपाजस्तै  
तर हुन्छ, यो अनमोल निक्कै  
मेहनत र पसिनाको मोलमोलाई नगर्नु कसैले
देऊ मेहनत र पसिनाको उचित मोल
नत्र पाप लाग्छ, मेहनत गरेर पसिना बगाउनेको
मेहनत र पसिना बगाएर पाएको फलको स्वाद 
अरुले टिपेर ल्याई दिएको फलको स्वाद भन्दा
निक्कै मीठो हुन्छ, अमूल्य हुन्छ 
बल्ल पो थाहा हुन्छ, आफ्नै मेहनत र पसिना बगाए
मेहनत र पसिनाको मोल के हो भनेर ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अच्युत मान सिंह प्रधान ‘उत्सुक’
अच्युत मान सिंह प्रधान ‘उत्सुक’
लेखकबाट थप