कविता
पसिनाको मोल
शनिबार, ०२ असार २०८०, १० : १७
हुँदैन कुनै मेहनत र पसिनाको मोल
अमूल्य हुन्छ, यसको मोल
न त तुलना गर्न सकिन्छ, यसलाई कसैसँग
न त तुलना गर्न सकिन्छ, यसलाई कुनै बस्तुसँग
न त साट्न सकिन्छ, कुनै बस्तुसँग
न त सकिन्छ पछि, सोधभर्ना नै गर्न
मेहनत र पसिनाको मूल्य,
थाहा हुन्छ केवल उसलाई
जसले बगाउँछ, मेहनत गरेर आफ्नो पसिना
हेर्दा लाग्छ, यो पानीको थोपाजस्तै
तर हुन्छ, यो अनमोल निक्कै
मेहनत र पसिनाको मोलमोलाई नगर्नु कसैले
देऊ मेहनत र पसिनाको उचित मोल
नत्र पाप लाग्छ, मेहनत गरेर पसिना बगाउनेको
मेहनत र पसिना बगाएर पाएको फलको स्वाद
अरुले टिपेर ल्याई दिएको फलको स्वाद भन्दा
निक्कै मीठो हुन्छ, अमूल्य हुन्छ
बल्ल पो थाहा हुन्छ, आफ्नै मेहनत र पसिना बगाए
मेहनत र पसिनाको मोल के हो भनेर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण