क्यानाडाको जनसङ्ख्या चार करोड पुग्यो
शनिबार, ०२ असार २०८०, ११ : २५

ओटावा । क्यानाडाको जनसङ्ख्या चार करोड पुगेको छ । सन् २०२३ जुन १६ गतेसम्मको तथ्याङ्क हेर्दा कुल जनसङ्ख्या ४ करोड पुगेको देखिएको छ । क्यानाडाको जनसङ्ख्या हाल तीव्र गतिमा बढिरहेको छ । सन् २०२२ मा क्यानाडालीहरूको सङ्ख्या १,०५०,११० ले बढेको हो । यो सङ्ख्या क्यानाडाको इतिहासमा पहिलो पटक तीव्र गतिमा बढेको हो । जनसङ्ख्याको वार्षिक वृद्धि दर २.७ प्रतिशत पुगेको छ ।
सन् २०२२ मा रेकर्ड गरिएका लगभग सबै वृद्धिका लागि अन्तर्राष्ट्रिय बसाइँसराइँ जिम्मेवार रहेको राष्ट्रिय तथ्याङ्क निकायले जनाएको छ। क्यानाडा जनसङ्ख्या वृद्धिका सन्दर्भमा जी–७ देशहरूमा अग्रपङ्तिमा छ । यदि जनसङ्ख्या वृद्धिको यो दर आगामी वर्षहरूमा स्थिर रह्यो भने क्यानाडाको जनसंख्या लगभग २६ वर्षमा दोब्बर हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू
-
ट्रेलरमा यस्तो देखियो ‘के घर के डेरा : घर नम्बर २’
-
बहुमत निकट विद्यार्थी सङ्गठनले बुझायो ८ बुँदे ज्ञापनपत्र
-
नीति तथा कार्यक्रम : निजी क्षेत्र प्रोत्साहन, जेन जी पुस्ता प्राथमिकता, कृषिमा आत्मनिर्भर बन्ने योजना
-
भारतको निरञ्जनी अखडाका प्रमुख स्वामी गिरी चार दिनदेखि नेपालमा
-
सरकारको नीति तथा कार्यक्रम : कुन मन्त्रालयलाई कति प्राथमिकता ?