क्यानाडाको जनसङ्ख्या चार करोड पुग्यो
शनिबार, ०२ असार २०८०, ११ : २५
ओटावा । क्यानाडाको जनसङ्ख्या चार करोड पुगेको छ । सन् २०२३ जुन १६ गतेसम्मको तथ्याङ्क हेर्दा कुल जनसङ्ख्या ४ करोड पुगेको देखिएको छ । क्यानाडाको जनसङ्ख्या हाल तीव्र गतिमा बढिरहेको छ । सन् २०२२ मा क्यानाडालीहरूको सङ्ख्या १,०५०,११० ले बढेको हो । यो सङ्ख्या क्यानाडाको इतिहासमा पहिलो पटक तीव्र गतिमा बढेको हो । जनसङ्ख्याको वार्षिक वृद्धि दर २.७ प्रतिशत पुगेको छ ।
सन् २०२२ मा रेकर्ड गरिएका लगभग सबै वृद्धिका लागि अन्तर्राष्ट्रिय बसाइँसराइँ जिम्मेवार रहेको राष्ट्रिय तथ्याङ्क निकायले जनाएको छ। क्यानाडा जनसङ्ख्या वृद्धिका सन्दर्भमा जी–७ देशहरूमा अग्रपङ्तिमा छ । यदि जनसङ्ख्या वृद्धिको यो दर आगामी वर्षहरूमा स्थिर रह्यो भने क्यानाडाको जनसंख्या लगभग २६ वर्षमा दोब्बर हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण