विद्यालय कर्मचारीको आन्दोलन
विद्यालय बन्दको कार्यक्रम फिर्ता
आइतबार, ०३ असार २०८०, ११ : ३६
काठमाडौँ । आन्दोलनरत विद्यालय कर्मचारीहरूले सामुदायिक विद्यालय बन्दका कार्यक्रम फिर्ता लिएका छन् । सरकारले वार्ताका लागि समिति गठन गरेको र आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता टोली गठन गरेर सम्बादको वातावरण बनाउन आग्रह गरेको भन्दै विद्यालय बन्दको कार्यक्रम तत्कालका लागि स्थगन गरिएको परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए । वार्ताको माध्यमबाट आन्दोलन राखिएका मागहरु सम्बोधन गर्न सरकार गम्भिर नदेखिएमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेमा, विगत वर्षहरुमा भएका र गरिएका सहमति र सम्झौताहरु कार्यान्वयन नगरेको खण्डमा पुनः आन्दोलनका कार्यक्रम अगाडि बढाउने परिषद्ले चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण