विद्यालय कर्मचारी वार्ता : अर्थ र सङ्घीय मामिला मन्त्रालयका अधिकारी मन्त्रिस्तरीय निर्णयको पर्खाइमा
काठमाडौं । आन्दोलनरत विद्यालय कर्मचारीहरूसँग सरकारले वार्ता थालेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलको संयोजकत्वमा सरकारी वार्ता समिति गठन गरिएको थियो ।
उक्त समितिले आइतबारदेखि वार्ताको थालनी गरेको हो । आइतबारको वार्ता भने सामान्य छलफलमा सीमिति बन्न पुग्यो ।
सरकारी वार्ता समितिमा रहेका अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि अनुपस्थित रहेपछि वार्ता निष्कर्षविहीन बनेको हो ।
आइतबारको वार्तामा केन्द्रका महानिर्देशन पौडेल र शिक्षा मन्त्रालयका विद्यालय शाखाका उपसचिवको मात्रै उपस्थिति रहेको थियो । जसले गर्दा वार्ताले सार्थकता पाउन नसकेको वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले बताए ।
अर्थ र सङ्घीय मामिला मन्त्रालयका अधिकारीहरूले मन्त्रिस्तरीय निर्णय गरेपछि मात्र आउने बताएको उनको भनाई छ । ‘शिक्षा मन्त्रालयले त हाम्रा मागहरू सुनुवाइ गर्ने भनेर निर्णय गरिसकेको छ । उहाँहरूसँग फेरि वार्ता गर्नुपर्ने अवस्था नै छैन । अहिले हाम्रो मुख्य समस्या भनेको अर्थ र सङ्घीय मामिला मन्त्रालयसँग हो । उहाँहरू नै आउनुभएन । मन्त्रिस्तरीय निर्णय गरेर आउँछौँ भन्नुभएको छ । सायद आज आउनुहुन्छ होला ।’ महासचिव योगीले भने ।
शिक्षा मन्त्रालयका प्रतिनिधिहरूसँगको छलफलमा भने वार्तालाई सहज रूपमा अगाडि बढाउने सहमति भएको थियो । सेवा सुविधा बढाउँदै सेवा सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग राख्दै नेपाल विद्यालय कर्मचारी परिषद्, नेपाल विद्यालय कर्मचारी युनियन, नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले संयुक्त रूपमा आन्दोलन गर्दै आएका छन् ।
वार्ता अघि बढेसँगै विद्यालय कर्मचारीहरूले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका छन् । माइतीघरमा धर्ना तथा रिले अनसन लगायतका कार्यक्रम भने यथावत् नै राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण