भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीस्थित भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै कार्कीले सो क्षेत्रमा आवश्यक पूर्वाधार विकास भइसकेकाले विशेष आर्थिक क्षेत्र घोषणा गर्न सरकारले ढिलाइ गर्न नहुने तर्क समेत गरे ।
सांसद कार्कीले भने, ‘सुनसरी जिल्ला अवस्थित भोक्राहा नरसिंह गाउँपालिका विशेष आर्थिक क्षेत्रको रूपमा विकसित गर्नका निमित्त, यहाँ पूर्वाधारको व्यवस्था छ । तसर्थ, उक्त गाउँपालिकालाई विशेष आर्थिक क्षेत्रको रूपमा परिणत गर्न सभामुखमार्फत माननीय अर्थमन्त्रीज्यूको ध्यानाषर्कण गराउन चाहन्छु । गत शनिबार संखुवासभा, तेह्रथुम, ताप्लेजुङमा जुन भीषण वर्षा भयो । त्यसबाट त्यहाँ धेरै जन र धनको क्षति भएको छ । त्यो क्षतिलाई राहत, उद्धार र पुनर्स्थापना गर्दै त्यहाँको जनजीवनलाई सहज बनाउन सरकारको विशेष ध्यान जाओस् भन्ने पनि म कामना गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण