शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

असार ८ र ९ मा ह्वावे डिजिटल नेपाल कन्क्लेभको आयोजना हुँदै

मङ्गलबार, ०५ असार २०८०, १३ : ०३
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । असार ८ र ९ गते ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा हुन गइरहेको कन्क्लेभसँगै ह्वावेले मोबाइल नेपाल कंग्रेस (एमएनसी) को पनि आयोजना गर्नेछ । कन्क्लेभमा विभिन्न देशका आइसिटी विज्ञहरु सहित ७० बढी स्रोत व्यक्तिहरु रहेका छन् ।  

द सोल्टी काठमाडौँमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढी सेसनहरू सञ्चालन हुनेछन् । २ दिने कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत,  बङ्गलादेशबाट विषय विज्ञहरूको उपस्थिति रहनेछ । ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारा सहित आयोजना हुने कन्क्लेभले डिजिटल रूपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिनेछ । 

असार ८ गते बिहान १० बजेदेखि हुने उद्घाटन कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको ४ वटा कि–नोट र मन्त्री रेखा शर्मासँगको पावर संवाद सेसन हुनेछ । यसै गरी पहिलो दिनको सेसनमा  डिजिटल पूर्वाधार, डिजिटल परिचय (आइडेन्टिटी) र डिजिटल गभर्नेन्स सम्बन्धी सेसनहरू रहेका छन् ।  

कन्क्लेभको दोस्रो दिन डिजिटल इनोभेसन र उद्यमशीलता, टेक स्टक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक सक्षमताको सेसनहरू रहेका छन् । यसै गरी कन्क्लेभमा डेटा गभर्नेन्स र डिजिटल सेक्युरिटी, डिजिटल लिडरसिप र डिजिटल सक्षमताको लागि अबको बाटोमा सेसनहरू सञ्चालन हुनेछन् ।

कन्क्लेभसँगै शीर्ष प्रायोजक ह्वावेले छुट्टै हलमा मिनी मोबाइल वर्ल्ड  कंग्रेसको रूपमा मोबाइल नेपाल कंग्रेसको आयोजना गर्नेछ । सहभागीले ५ जी, एआईसँगै नयाँ प्रविधिहरूको जानकारी मोबाइल कंग्रेसमा पाउनेछन् । ह्वावे मोबाइल नेपाल सम्मेलन  जुन विषय वस्तुमा केन्द्रित छ, त्यसैमा आधारित रहेर सम्मेलनले गिगाभर्स इनिसिएिटिभ, अल्ट्रा–अटोमेसन स्पिड अप, सेवाको रूपमा इन्टिलिजेन्ट कम्प्युटिङ्ग एन्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरू र वातावरण, सामाजिक तथा सुशासनका लागि आफ्नो मार्ग निर्देशिका तय गरेको छ । मोबाइल नेपाल कंग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई गति दिनका लागि नेपालमा उपयोगी र व्यापारिक सम्भावना भएको विश्वव्यापी आविष्कार र समाधानहरूलाई छलफलमा ल्याउन मद्दत पुग्ने विश्वास ह्वावेको रहेको छ ।

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभको दोस्रो संस्करण हो । कन्क्लेभको प्रि–इभेन्टको रूपमा फाउन्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो । सातै प्रदेशको डिजिटल अवस्था र सक्षमताको जानकारी सहितको डिजिटल प्रदेश परिदृश्यको दोस्रो संस्करण कन्क्लेभमा सार्वजनिक गरिनेछ ।

कन्क्लेभमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासङ्घ लगायतको सहयोग रहेको छ । यसै गरी कार्यक्रमको कनेक्टेड बाइमा नेपाल टेलिकम, सेक्युरिटी पार्टनरमा चेकपोन्ट, पेमेन्ट पार्टनरमा आइएमइपे, आइटी ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, इन्टरनेट पार्टनरमा डीसहोम रहेका छन् । सहयोगी संस्थाहरुमा एसिया फाउन्डेसन, फ्रोस्ट एन्ड सुलेभन नेपाल, कोड हिमालय, स्काई ब्रोडब्याण्ड, बारकोड, टेक्नोरियो लगायतको सहकार्य रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप